काठमाण्डौ । आईसीएफसी फाइनान्स लिमिटेडले ग्राहकलाई अझ व्यक्तिगत, आधुनिक र फरक बैंकिङ अनुभव प्रदान गर्ने उद्देश्य सहित एससीटी युनियन पेको नयाँ ‘एक्सप्रेशन डेबिट कार्ड’ सार्वजनिक गरेको छ । यस कार्डमार्फत ग्राहकहरूले अब आफ्नो मनपर्ने र यादगार फोटो छनोट पश्चात् पेश गरी सोही फोटो डेबिट कार्डमा प्रिन्ट गर्न सक्ने सुविधा प्राप्त गर्नेछन् ।
ग्राहकको व्यक्तित्व, रुचि र आत्म अभिव्यक्तिलाई झल्काउने गरी डिजाइन गरिएको एक्सप्रेशन डेबिट कार्डले सुरक्षित, सहज तथा आकर्षक डिजिटल भुक्तानी अनुभव प्रदान गर्ने आईसीएफसी फाइनान्सले जनाएको छ । यस कार्डको प्रयोगमार्फत ग्राहकहरूले एटीएम सेवा, किनमेल तथा विभिन्न डिजिटल भुक्तानी कार्यहरू सजिलै गर्न सक्नेछन् ।
डिजिटल बैंकिङ सेवामा नवीनता ल्याउने र ग्राहक केन्द्रित समाधानहरू विस्तार गर्ने आईसीएफसी फाइनान्सको निरन्तर प्रयास अन्तर्गत यो सेवा सुरु गरिएको कम्पनीले जनाएको छ । प्रविधिमैत्री वित्तीय सेवा प्रदान गर्दै ग्राहक सन्तुष्टि अभिवृद्धि गर्नु संस्थाको प्रमुख लक्ष्य रहेको कम्पनीले जनाएको छ ।
एक्सप्रेशन डेबिट कार्ड’, आईसीएफसी फाइनान्सका ग्राहकहरूका लागि ग्राहककै अनुरोध बमोजिम उपलब्ध हुनेछ । कार्ड प्राप्त गर्ने प्रक्रिया तथा थप जानकारीका लागि नजिकको शाखा कार्यालय वा संस्था को आधिकारिक वेबसाइट सामाजिक संजाल मार्फत लिन सकिनेछ ।

