शनिबार, श्रावण २,२०८३ 11:08:14
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 11:08:14
Bizshala
Global IME Bank Limited

घाटाबाट बाहिरिँदै सोनापुर मिनरल्सले कमायो ४.७५ करोड नाफा, आम्दानी ८४% ले बढ्यो

घाटाबाट बाहिरिँदै सोनापुर मिनरल्सले कमायो ४.७५ करोड नाफा, आम्दानी ८४% ले बढ्यो
New Office

काठमाण्डौ । चालु आवको दोस्रो त्रैमाससम्म आईपुग्दा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड घाटाबाट बाहिरिँदै नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले समीक्षा अवधिमा ४ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा भने कम्पनी १२ करोड २० लाख रुपैयाँ घाटामा थियो ।  

कम्पनीले यो अवधिसम्म बिक्रीमार्फत १ अर्ब ६९ करोड रुपैयाँ आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ८४.५७ प्रतिशतले बढी हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनीले ९१ करोड ५८ लाख रुपैयाँ आर्जन गरेको थियो । कम्पनीले १८ लाख २७ हजार रुपैयाँ अन्य आम्दानी गरेको छ । जुन अघिल्लो आवमा ३ लाख १ हजारमा सीमित थियो ।    

यद्यपि, आम्दानी वृद्धिसँगै खर्च पक्षमा पनि उल्लेख्य चाप देखिएको छ। विशेषगरी वित्त खर्च दोब्बर नजिक पुग्दै १२ करोड ५२ लाखबाट २४ करोड ६७ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, ह्रासकट्टी खर्च ४ करोड १८ लाखबाट बढेर ८ करोड ५४ लाख पुगेको छ। बिक्री तथा वितरण खर्च ९३ लाख ९१ हजार र प्रशासनिक खर्च ६ करोड ९ लाख रुपैयाँ पुगेको छ।

कम्पनीको रिजर्भ ९४ करोड ७ लाखबाट बढेर १ अर्ब १५ करोड पुगेको छ भने सेक्युरिटी प्रिमियम शीर्षकमा १ अर्ब ६५ करोड रुपैयाँ सञ्चित रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी १.५४ रुपैयाँ , प्रतिसेयर नेटवर्थ १९१.४२ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४८०.३० रुपैयाँ र तरलता अनुपात १.१७ प्रतिशत कायम भएको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.