बुधबार, श्रावण ६,२०८३ 12:13:29
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 12:13:29
Bizshala
Global IME Bank Limited

दाबी भुक्तानी उछालिँदा शिखर इन्स्योरेन्स घाटामा, बीमाशुल्क आर्जन भने वृद्धि

दाबी भुक्तानी उछालिँदा शिखर इन्स्योरेन्स घाटामा, बीमाशुल्क आर्जन भने वृद्धि
New Office

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको वित्तीय अवस्था मिश्रित देखिएको छ। एकातर्फ कम्पनीको खुद बीमाशुल्क आर्जन र कुल आम्दानीमा सुधार देखिएको छ भने अर्कोतर्फ दाबी भुक्तानीमा आएको तीव्र वृद्धिका कारण कम्पनी घाटामा गएको छ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसँग सम्बन्धित क्षतिपूर्तिको दाबी भुक्तानी बढेसँगै कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ४ करोड ४७ लाख रुपैयाँ घाटा व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा भने कम्पनीले २५ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा कम्पनीको दाबी भुक्तानी १२२.५५ प्रतिशतले बढेर ८५ करोड १६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आवको सोही अवधिमा कम्पनीले ३८ करोड २६ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो। दाबी भुक्तानीमा आएको यही उच्च वृद्धिले कम्पनीको कुल खर्चलाई पनि उकालो लगाएको छ। कम्पनीको कुल खर्च ७९ करोड ७८ लाख रुपैयाँबाट बढेर १ अर्ब २९ करोड रुपैयाँ पुगेको छ।

यद्यपि सञ्चालनतर्फ कम्पनीले सकारात्मक संकेत देखाएको छ। समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन ६३ करोड ७६ लाख रुपैयाँबाट बढेर ७८ करोड ५ लाख रुपैयाँ पुगेको छ। कुल आम्दानी पनि १ अर्ब १६ करोड रुपैयाँबाट बढेर १ अर्ब २२ करोड रुपैयाँ पुगेको छ। बीमालेख संख्या १ लाख ४९ हजारबाट बढेर १ लाख ५७ हजार पुगेको छ, जसले व्यवसाय विस्तारको संकेत गरेको छ।

कम्पनीले महाविपत्ति कोषमा १६ करोड ११ लाख रुपैयाँ र रिटेन्ड अर्निङ कोषमा १६ करोड ५७ लाख रुपैयाँ राखेको जनाएको छ। सोल्भेन्सी मार्जिन रेसियो ३४६७ प्रतिशतबाट बढेर ४७४ प्रतिशत पुगेको छ ।

कम्पनीले देशको समग्र आर्थिक क्रियाकलपमा आएको गिरावट, पूर्वाधार क्षेत्रमा सरकारको घट्दो लगानी र उच्च मुद्रास्फिती जस्ता कारण तत्वलाई कम्पनीको बीमा व्यवसाय वृद्धिका लागि बाधकको रुपमा ,देखिएको जनाएको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ३.०६ रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ १९६.६४ रुपैयाँ र पीई रेसियो २०४.५७ गुणा ऋणात्मक कायम भएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.