शुक्रबार, फाल्गुन १,२०८२ 07:18:33
Bizshala
  • शुक्रबार, फाल्गुन १,२०८२ 07:18:33
Bizshala
Global IME Bank Limited
Bizshala

सेयरबजारमा आक्रामक लगानी थप्दै बीमा कम्पनी, हिमालयन लाइफ इन्स्योरेन्सको मात्रै रु.१२.४७ अर्ब

अन्य कुनको कति ?

सेयरबजारमा आक्रामक लगानी थप्दै बीमा कम्पनी, हिमालयन लाइफ इन्स्योरेन्सको मात्रै रु.१२.४७ अर्ब
Shivam Cement

काठमाण्डौ । बीमा कम्पनीहरुले सेयरबजारमा लगानी उल्लेख्य बढाएका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको दोस्रो त्रैमाससम्म बीमा कम्पनीहरुले सेयरबजारमा कुल ५२ अर्ब ६२ करोड ८७ लाख रुपैयाँ लगानी गरेका छन् ।

यो लगानी गत आवको सोही अवधिसम्मको तुलनामा ५७.८७ प्रतिशत बढी हो । गत आवको दोस्रो त्रैमाससम्म बीमा कम्पनीहरुले सेयरबजारमा ३३ अर्ब ३३ करोड ७७ लाख रुपैयाँ बराबरको लगानी गरेका थिए ।  

प्राधिकरणको तथ्याङ्कअनुसार बीमा कम्पनीहरुले सेयरबाजरमा आक्रामक रुपमा लगानी बढाएका छन् । बैंकहरुको ब्याजदर निरन्तर घट्दै गएपछि बीमकहरुले मुद्दती निक्षेपको रकम सेयरबजारतर्फ लगानीको रुपमा सिफ्ट गरेका छन् ।

केही वर्षअघिसम्म बीमा कम्पनीहरु सेयरबजारमा लगानी गर्न वा लगानी बढाउन असुरक्षित महसुस गर्दथे । बैंकहरुको मुद्दतीमा पैसा राख्दा केही प्रतिशत भएपनि ब्याजको रुपमा रिटर्न पाउने हुँदा बीमा कम्पनीहरुले ८० प्रतिशत भन्दा बढी रकम मुद्दतीमा नै थुपार्ने गर्थे । तर पछिल्लो केही समययता बैंकहरुको मुद्दती निक्षेपको ब्याजदर क्रमिक रुपमा घट्न थालेपछि बीमकहरु लगानीको नयाँ उपकरण नपाएपछि सेयरबजारतर्फ सिफ्ट हुन थालेका छन् ।

प्राधिकरणले बीमकहरुको लगानीमा थप सहजता अपनाउँदै सेयरबजारमा गर्ने लगानीको सीमा समेत बढाईदिएको छ । गत वर्षसम्म सूचीकृत पब्लिक कम्पनीको सेयरमा लगानी गर्दा सम्बधित कम्पनीको कायम चुक्तापूँजीको ५ प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था रहेकोमा प्राधिकरणले लगानी दायरा बढाएर १५ प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था गरेको छ । यसकारण पनि बीमा कम्पनीहरुको सेयरबजारमा लगानी आक्रामक देखिएको हो ।

Bizshala
Garima Development Bank
New Office

सो अवधिसम्म जीवन बीमा कम्पनीहरुले मात्रै सेयरबजारमा ४२ अर्ब ४० करोड ३१ लाख रुपैयाँ बराबरको लगानी गरेका छन् । यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा ६४.५४ प्रतिशत बढी हो । गत आवको दोस्रो त्रैमाससम्म बीमा कम्पनीहरुले सेयरबजारमा २५ अर्ब ७७ करोड ७ लाख रुपैयाँ लगानी गरेका थिए ।  

सो अवधिसम्म राष्ट्रिय जीवन बीमा कम्पनी बाहेक सबैले उल्लेख्य लगानी बढाएका छन् । सबैभन्दा धेरै सेयरबजारमा लगानी गर्ने कम्पनीमा हिमालयन लाइफ रहेको छ । कम्पनीले सेयरबजारमा मात्रै १२ अर्ब ४७ करोड रुपैयाँ लगानी गरेको छ ।  

त्यस्तै, गत आवको तुलनामा सबैभन्दा बढी लगानी थप्ने कम्पनीमा भने सानिमा रिलायन्स लाइफ रहेको छ । यो कम्पनीले सेयरबजारमा १७५.१९ प्रतिशतले लगानी बढाएको छ ।  

त्यस्तै, निर्जीवन बीमा कम्पनीहरुले पनि दोस्रो त्रैमाससम्म उल्लेख्य लगानी बढाएका छन् । सो अवधिसम्म १२ निर्जीवन बीमकले सेयरबजारमा ५ अर्ब ३६ करोड ८ लाख रुपैयाँ लगानी गरेका छन् । यो लगानी रकम गत आवको सोही अवधिसम्मको तुलनामा २२.१० प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म निर्जीवन बीमकहरुले सेयरबजारमा ४ अर्ब ३९ करोड ७ लाख रुपैयाँ लगानी गरेका थिए ।  

दोस्रो त्रैमाससम्म आइजीआई प्रुडेन्सियल, सानिमा जिआइसी र प्रभु इन्स्योरेन्सको लगानी घटेको छ भने बाँकी सबैको उल्लेख्य बढेको छ । सबैभन्दा बढी सेयरबजारमा लगानी गर्ने कम्पनीमा राष्ट्रिय बीमा कम्पनी रहेको छ । यो कम्पनीले ७९ करोड ४१ लाख रुपैयाँ सेयरबजारमा लगानी गरेको छ ।  

सबैभन्दा बढी लगानी बढाउने कम्पनीमा भने युनाइटेड अजोड इन्स्योरेन्स रहेको छ । कम्पनीले १२५.९८ प्रतिशतले लगानी थपेको छ ।  

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

यता लघुबीमा कम्पनीहरुले झण्डै शतप्रतिशतले सेयरबजारमा लगानी बढाएका छन् । सो अवधिसम्म लघुबीमकहरुको सेयरबजारमा लगानी १४ करोड ८३ लाख रुपैयाँ पुगेको छ । यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा ९७.७८ प्रतिशत बढी हो ।

साथै पुनर्बीमा कम्पनीहरुको पनि सेयरबजारमा लगानी ५२.०८ प्रतिशत वृद्धि भएको छ । गत आवको दोस्रो त्रैमाससम्म ३ अर्ब १० करोड १२ लाख रुपैयाँ लगानी रहेकोमा चालु आवको सोही अवधिसम्म बढेर ४ अर्ब ७१ करोड ६३ लाख रुपैयाँ पुगेको छ । दुई पुनर्बीमामध्ये नेपाल रि इन्स्योरेन्सको यो सेक्टरमा लगानी तटस्थ रहेको छ भने हिमालयन रि इन्स्योरेन्सले मात्रै उल्लेख्य बढाएको छ ।  

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.