आईतवार, फाल्गुन ११,२०८१ 02:35:13
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 02:35:13
IME remit
Global IME Bank Limited

फियर एण्ड ग्रिडमा निफ्राको सेयर भाउ बुलिस सेन्टिमेन्टमा, आधारभूत रुपमा कस्तो ?

Hyundai Nepal
फियर एण्ड ग्रिडमा निफ्राको सेयर भाउ बुलिस सेन्टिमेन्टमा, आधारभूत रुपमा कस्तो ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) एकमात्र प्राइभेट पब्लिक पार्टनर सिपमा आधारति बैंक हो। 

यो बैंकमा वभिन्नि प्राइभेट, पब्लिक र सर्वसाधारणको लगानी छ। 

Shivam Cement
CG Motors
Sagarmatha Cement

कम्पनीमा ५ वटा वाणिज्य बैंकको २०.८९ प्रतशित, नेपाल सरकारको १० प्रतशित, १० वटा बीमा कम्पनीहरुको १८.९७ प्रतशित, अन्य १० प्राइभेट एन्ड पब्लिक कम्पनीहरुको ५.१५ प्रतशित, उद्यमीहरुबाट ४.९९ प्रतिशत गरी ६० प्रतशित संस्थापक र सर्वसाधारणबाट ४० प्रतशित गरी २१ अर्ब ६० करोड रुपैयाँको जारी पूँजी छ भने अधिकृत पूँजी ४० अर्ब रुपैयाँ छ। यो कम्पनी सन् २०१८ को जुनमा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको थियो।

आधारभूत पक्ष :

चालू आर्थिक वर्ष २०८०/ ०८१ को दोस्रो त्रैमासिक प्रतिबेदन अनुसार कम्पनीको चुक्तापूँँजी २१ अर्व ६० कारोड रुपैयाँ छ । जगेडा कोषमा २ अर्ब ९१ करोड रुपैयाँ छ । यो भनेको अघिल्लो आवको तुलनामा ७५ प्रतिशत बढी हो । यस त्रैमासमा कम्पनीको खूद मूनाफा करिब ६९ करोड  रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी ६.३९ रुपैयाँ छ ।

 यो भनेको अघिल्लो आवको तुलनामा १० प्रतिशत कमी हो । कम्पनीको बुक भ्यालु ११३.४९ रुपैयाँ छ । यो भनेको अघिल्लो आवको यहि अवधिको तुलनामा ५ प्रतिशतले बढी हो । कम्पनीको रिर्टन अन इक्विटी ५.६३ प्रतिशत छ । 

यो भनेको अघिल्लो आवको यहि अवधिको तुलनामा करिब १५ प्रतिशतले कमी हो । यस हिसावले हेर्दा कम्पनीको यो अवधिमा जगेडा कोष बढेको छ भने अन्य सूचकमा गिरावट आएको छ । कम्पनीले पछिल्लो तीन वर्षमा १६ प्रतिशत लाभाँश घोषणा गरेको छ ।  

प्राविधिक पक्ष :

फिएर एण्ड ग्रिड मिटरको आधारमा यो कम्पनी हाल ६५ को तहमा बुलिस सेन्टिमेन्टमा चलेको देखिन्छ । यस्तो विन्दु २० भन्दा तल गएको खण्डमा वियरिस र ६० भन्दा माथि गएमा बुलिस भन्ने बुझिन्छ । 

कम्पनीको ५२ साताको न्युन विन्दु १८२ रुपैयाँ छ भने उच्च विन्दु २४५ रुपैयाँ छ । हाल यो कम्पनीको दोस्रो बजारमा २२६ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।  

बोलिङगर ब्यान्ड, म्याक्डी र आरएसआई  :

बोलिङगर ब्यान्डको आधारमा यो कम्पनी हाल केहि समय पहिले अपर ब्यान्डमा स्पिनिङ टप क्यान्डल बनाएर मध्य ब्यान्डमा आएको छ । आज केहि दिनको करेक्सनपछि मध्य ब्यान्डमा ग्रेभ स्टोन डोजी आकार बनाएको छ । यसले घट्ने क्रम रोकिन सक्ने बुझिन्छ । 

डेली बेसमा म्याक्डीमार्फत् नियाल्दा वियरिस क्रसओभर नजिक नजिक रहेको देखिन्छ तर भइसकेको अवस्था भने होइन । आरएसआई भने यो कम्पनी वियरिस डाइभर्जेन्स बनेको देखिन्छ । समग्रमा तीन वटै इन्डिकेटरबाट नियाल्दा यो कम्पनीको सेयर भाउ बोलिङगरको मध्य ब्यान्डअर्थात् २२० रुपैयाँमा टिक्न सक्छ । यदि यहाँबाट तल खसेमा भने तल्लो ब्यान्ड २०० रुपैयाँसम्म आउन सक्छ ।  

पिभट विश्लेषणले सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानेर यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकाल्दछ ।

 

बढेमा प्रतिरोध  :

प्रतिरोध ३ –२८४

प्रतिरोध २ –२६८

प्रतिरोध १– २५३

पिभट प्वइन्ट : २३७

 

घटेमा सपोर्ट  :

सपोर्ट १– २२२

सपोर्ट २– २०६

प्रतिरोध ३ –१९१

निष्कर्ष : आधारभुत रुपमा यो कम्पनीलाई नियाल्दा यो कम्पनीले पछिल्लो वर्षमा जगेडा कोषमा प्रगति गरेको देखिन्छ । तर रिर्टन अन इक्विटी, खूद मूनाफा र प्रतिसेयर आम्दानीमा भने  गिरावट आएको छ । 

प्राविधिक  रुपमा यो कम्पनीको सेयरको मुभमेन्टलाई हाल बोलिङगरको मध्य ब्यान्डमा सपोर्ट लिन आएको देखिन्छ । यो विन्दुमा सपोर्ट लिँदा कम्पनीको सेयर भाउ २२० रुपैयाँसम्म टिक्न सक्छ । 

तर यहाँबाट तल खसेमा भने कम्पनीको सेयर भाउ तल्लो ब्यान्ड २०० रुपैयाँसम्म आउन सक्छ । तर मध्य ब्यान्डमा लामो रातो क्यान्डलपछि ग्रेभ स्टोन डोजी आकार बनेको कारण मध्य ब्यान्डमा सपोर्ट लिन पनि सक्छ । फियर एण्ड ग्रीड मिटरमा भने यो कम्पनीको सेयर भाउ केहि समयदेखि बुलिस सेन्टिमेन्टमा चलेको देखिन्छ ।  

(नोट : सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारको सिफारिस भने होइन ।)

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.