आईतवार, असार १४,२०८३ 11:38:58
Bizshala
  • आईतवार, असार १४,२०८३ 11:38:58
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

Global Money Week 2026: नेपालमा विविध कार्यक्रमसहित मनाइने

Laxmi Sunrise Bank Limited
Global Money Week 2026: नेपालमा विविध कार्यक्रमसहित मनाइने

 

काठमाण्डौ । बालबालिका तथा युवामा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले विश्वव्यापी रूपमा सञ्चालन हुँदै आएको ‘Global Money Week (GMW)’को चौधौँ संस्करण आगामी मार्च १६ देखि २२, २०२६ (२०८२ चैत २ देखि ८) सम्म नेपालमा पनि विभिन्न कार्यक्रमसहित मनाइने भएको छ। यस वर्षको नारा ‘Smart Money Talks’ रहेको छ।

सन् २०१२ देखि Organisation for Economic Co-operation and Development (OECD) को संयोजनमा सुरु गरिएको यो अभियान हालसम्म १७६ देशका ७ करोडभन्दा बढी बालबालिका तथा युवामाझ पुगिसकेको छ। अभियानले वित्तीय ज्ञान, सीप र सकारात्मक वित्तीय व्यवहार विकासमार्फत जिम्मेवार आर्थिक निर्णय गर्न सक्षम बनाउने लक्ष्य राखेको छ।

New Office
CG Motors
Garima Development Bank

नेपालमा भने नेपाल राष्ट्र बैंकले राष्ट्रिय संयोजकको भूमिका निर्वाह गर्दै Global Money Week 2026 को आयोजना गर्न लागेको हो। बैंक तथा वित्तीय संस्थाहरू, बीमा कम्पनी, सहकारी संस्था, शैक्षिक संस्था तथा अन्य सरोकारवाला निकायहरूको सक्रिय सहभागितामा देशभर विभिन्न सचेतनामूलक कार्यक्रम, अन्तरक्रिया, वित्तीय शिक्षा सम्बन्धी तालिम, विद्यालय केन्द्रित गतिविधि तथा प्रचार–प्रसार कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नेपाल राष्ट्र बैंकले वित्तीय साक्षरता अभिवृद्धिमा क्रियाशील सम्पूर्ण संघ–संस्था तथा निकायहरूलाई अभियानमा सहभागी भई कार्यक्रमहरू सञ्चालन गर्न आह्वान गरेको छ। साथै, सञ्चालन गरिने कार्यक्रमहरूको विवरण गभर्नरको कार्यालय अन्तर्गत वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाको इमेल [email protected] मा उपलब्ध गराउन अनुरोध गरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.