आईतवार, आश्विन ४,२०८३ 05:37:28
Bizshala
  • आईतवार, आश्विन ४,२०८३ 05:37:28
Bizshala
Global IME Bank Limited

अमेरिकामा तीन फिटसम्म हिमपात, हजारौं उडान रद्द

अमेरिकामा तीन फिटसम्म हिमपात, हजारौं उडान रद्द
New Office

काठमाण्डौ सोमबार अमेरिकाको पूर्वी तटमा आएको शक्तिशाली हिमआँधीका कारण रेकर्डस्तरको हिमपात भएको छ, जसबाट लाखौं मानिस प्रभावित भएका छन् भने हजारौं उडान रद्द गर्नुपरेको छ।

अमेरिकाको नेशनल वेदर सर्भिसका अनुसार रोड आइल्याण्ड र म्यासाचुसेट्सका केही क्षेत्रमा करिब ३७ इन्चसम्म हिमपात मापन गरिएको छ। त्यसैगरी न्यूयोर्क सिटीस्थित सेन्ट्रल पार्कमा १९ इन्चभन्दा बढी हिउँ जमेको जनाइएको छ।

Shivam Cement
Bizshala
CG Motors

न्यूयोर्क राज्यको एक सरकारी निकायले यात्रा लगभग असम्भव बनेको चेतावनी दिएको छ। पूर्वी तटका क्षेत्रमा ६ लाखभन्दा बढी घरधुरी तथा व्यवसायमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ। विशेषगरी न्यू जर्सी र म्यासाचुसेट्स सबैभन्दा बढी प्रभावित भएका छन्।

फ्लाइट ट्र्याकिङ वेबसाइट ‘फ्लाइट एवेयरका अनुसार अमेरिकाभित्र तथा अमेरिका आवतजावत गर्ने कम्तीमा ५ हजार ७०६ उडान रद्द गरिएका छन्।

Muktinath Bikas Bank Limited

यसैबीच, बोस्टनस्थित लोगन इन्टरनेशनल एयरपोर्टले सोमबारका ९२ प्रतिशत प्रस्थान उडानहरू रद्द गरेको जनाएको छ। मंगलबार पनि हिमपातको प्रभाव जारी रहने अनुमान गरिएको छ, जसका कारण अमेरिकाभित्र वा अमेरिका आवतजावत गर्ने थप २ हजार भन्दा बढी उडान प्रभावित हुने सम्भावना रहेको छ। विशेषगरी बोस्टन र न्यूयोर्कका विमानस्थलहरूमा सबैभन्दा बढी असर पर्ने अपेक्षा गरिएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.