काठमाण्डौ । अस्ट्रेलियाले धनी विदेशी लगानीकर्ताहरूलाई प्रदान गर्दै आएको गोल्डेन भिषा खारेज गरेको छ । विदेशी व्यापारलाई आकर्षित गर्न डिजाइन गरिएको गोल्डेन भिजाले कमजोर आर्थिक नतिजा उत्पन्न भएकाले अष्ट्रेलिया सरकारले खारेज गरेको हो ।
यो भिसाले धनी विदेशी लगानीकर्ताहरूलाई अस्ट्रेलिया बस्ने अधिकार प्रदान गर्ने गथ्र्यो ।
यो भिषा योजनालाई भ्रष्ट अधिकारीहरुले अवैध रकम जम्मा गर्ने माध्यम बनाएको आलोचकहरूले लामो समयदेखि तर्क गर्दै आएका थिए ।
यसलाई थप दक्ष कामदार भिषाले प्रतिस्थापन गरिने जनाइएको छ ।
यो योजना लागू भएको सन् २०१२ देखि महत्त्वपूर्ण लगानीकर्ता भिसा(एसआईभी) कार्यक्रम मार्फत प्रदान गरिएको छ । सरकारी तथ्याङ्कका अनुसार यसमध्ये ८५ प्रतिशत सफल आवेदकहरू चीनबाट आएका छन्।
यो भिषा योजनाका लागि योग्य हुन आवेदकले ५ लाख अष्ट्रेलियन डलर लगानी गर्नुपर्ने व्यवस्था थियो ।
अस्ट्रेलियाली सरकारले थुप्रै पटक पुनरावलोकन गर्दा गोल्डेन भिषाले यसको मूख्य उदेश्य पुरा गर्न असफल देखिएकाले खारेज गरेको जनाएको छ ।