आईतवार, कार्तिक १,२०८३ 11:22:38
  • आईतवार, कार्तिक १,२०८३ 11:22:38
Global IME Bank Limited

सेयरकित्ता कम भएका कम्पनीको मूल्यमा तीव्र चलखेल, खेलाडीको पछिल्लो रोजाई गुराँस लघुवित्त

Bizshala
सेयरकित्ता कम भएका कम्पनीको मूल्यमा तीव्र चलखेल, खेलाडीको पछिल्लो रोजाई गुराँस लघुवित्त
New Office

काठमाण्डौं । पछिल्लो समय सेयर बजार निरन्तर घटिरहे पनि केही कम्पनीका लगानीकर्ताले भने कुस्त कमाइरहेका छन् । दोस्रो बजारमा यस्तै एउटा कम्पनी छ: गुराँस लघुवित्त । पछिल्लो समय गुराँस लघुवित्तको सेयरमूल्य ह्वात्तै बढेको(बढाइएको) छ । यो कम्पनीको सेयरमूल्य तीन महिनामा बिना कुनै कारण तीन गुणाले वृद्धि भइसकेको छ ।  

स्रोतले दिएको जानकारीअनुसार यो कम्पनीमा केही ठाटाबाठा लगानीकर्ताहरुले चलखेल गरेका छन् । चलखेल गर्ने गिरोहले यो कम्पनीको सेयरमूल्य खुलेआम उचालिरहँदा समेत नियामकहरु तै चूप मै चूप छन् ।  

कम्पनीको दोस्रो बजारमा थोरै संख्यामा कित्ताहरु रहेको फाइदा उठाउँदै केही गिरोहले चलखेल गरिरहेको स्रोतको बताउँछ । अन्य कुनै गतिलो बाहाना नरहेकै अवस्थामा रकेटको गतिमा सेयरमूल्य बढाइनुले पनि स्रोतको दाबी पुष्टि गर्छ ।  

गत डिसेम्बरमा ६ सय रुपैयाँ आसपास सेयरमूल्य भएको यो कम्पनीको सेयरमूल्य अहिले २ हजार हाराहारी पुगेको छ । आज यो कम्पनीको सेयरमूल्य ९.९७ प्रतिशतले बढाएर प्रतिकित्ता १ हजार ९७६ रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन पनि कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको थियो ।  

यसरी सेयरमूल्य बढ्नुमा कुनै खास कारण नभए पनि केहि खेलाडीले मूल्य बढाएर फाइदा लिइरहेका र त्यस्ता गिरोहले रचेको जालमा सोझा सिधा फसिरहेका प्रष्ट देख्न सकिन्छ । 

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

अन्य लघुवित्तको सेयर भाउ सामान्य रुपमा मात्रै पनि बढ्न नसक्दा यो कम्पनीको सेयरभाउ अस्वभाविक रुपले उचालिएको छ ।  

कम्पनीको चुक्ता पूँजी कम भएको कारण नै यसरी मूल्य उचालिएको बजारमा केही लगानीकर्ताहरुले आरोप लगाएका छन् । कम्पनीको चुक्तापूँजी जम्मा १० करोड १४ लाख रुपैयाँ मात्रै रहेको छ ।जसमा संस्थापकको स्वामित्व ६७.७४ प्रतिशत रहेको छ भने सर्वसाधारणतर्फ ३२.२६ प्रतिशत रहेको छ । दोस्रो बजारमा कम्पनीको करिब ३ लाख कित्ता सेयरमात्रै कारोबारमा छ ।  

यसरी न्यून सेयर संख्या भएको फाइदा उठाउँदै केहि लगानीकर्ताले कम्पनीहरुको सेयरमूल्यमा चलखेल गरिरहेका छन् । यो कम्पनीको वित्तीय अवस्था नियाल्दा खासै राम्रो भने देखिदैन । कम्पनीको प्रतिसेयर आम्दानी १५.२४ रुपैयाँ रहेको छ ।  

त्यस्तै कम्पनीको बुक भ्यालु १२९.६६ रुपैयाँ रहेको छ । कम्पनीको खराब कर्जा अनुपात ३.७५ प्रतिशत छ ।  

यसलाई प्रतिनिधि घटनाको रुपमा लिन सकिन्छ । बजारमा यस्ता अन्य कम्पनीहरु पनि छन्, जसमा केहि ठाटाबाठा लगानीकर्ताले चलेखेल गर्दै आएका छन् । यसले कमजोर कम्पनीको सेयरमूल्य उचालिने र तुलनात्मक रुपमा राम्रो वित्तीय अवस्था भएका कम्पनीका सेयरमूल्य भने खासै नबढ्ने देखिएको छ ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.