शनिबार, फाल्गुन २३,२०८२ 06:01:59
Bizshala
  • शनिबार, फाल्गुन २३,२०८२ 06:01:59
Bizshala
Global IME Bank Limited

मतगणना जारी रहेकामध्ये ७०% निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता, कांग्रेस/एमाले/माओवादी लगभग समान अवस्थामा

Hyundai Nepal
मतगणना जारी रहेकामध्ये ७०% निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता, कांग्रेस/एमाले/माओवादी लगभग समान अवस्थामा
Shivam Cement

काठमाण्डौ । ७ निर्वाचन क्षेत्रमा शानदार जित हासिल गर्दै रास्वपाले प्रतिनिधिसभा निर्वाचनको मतपरिणाममा अग्रता लिएको छ ।  

शुक्रबार मध्यराति १२ बजेसम्म प्राप्त अपडेटअनुसार रास्वपाले काठमाण्डौका ६ र कास्कीको १ सहित ७ निर्वाचन क्षेत्रमा फराकिलो मतान्तरसहितको जित हासिल गरेको हो ।  

काठमाण्डौ १, ३, ६, ७, ८ र १० निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेद्वारले जित हासिल गरेका छन् ।  

यस्तै, कास्की ३ मा समेत रास्वपाकै उम्मेद्वार विजयी भएका छन् । 

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

जितेबाहेक अझै १०६ निर्वाचन क्षेत्रमा रास्वपाले अग्रता लिइरहेको छ । त्यसमध्ये काठमाण्डौका बाँकी ४ क्षेत्र, ललितपुरका ३ वटै क्षेत्र र कास्कीका बाँकी २ क्षेत्रमा समेत रास्वपा जित नजिक छ ।  

झापा, मोरंग जस्ता क्षेत्रमा समेत रास्वपा क्लिन स्वीप गर्ने अभियानसहित अगाडि बढिरहेको देखिएको छ ।  

रास्वपापछि ३ सिटमा जित निकाल्दै कांग्रेस दोश्रो पोजिसनमा देखिएको छ । कांग्रेसले मनांग, मुस्तांग र रसुवामा जित निकालेको छ ।  

अन्य १० निर्वाचन क्षेत्रमा कांग्रेस उम्मेद्वारले अग्रता लिएका छन् । 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

एमालेले यो समाचार तयार पार्दासम्म कतै पनि जित्न सकेको छैन । यो पार्टीका उम्मेद्वार १४ स्थानमा अग्रतासहित अगाडि बढिरहेका छन् ।  

नेकपाले २ स्थानमा जित निकालेको छ । कालीकोट १ र रुकुमपूर्व १ मा माओवादी उम्मेद्वार विजयी भएका हुन् । बाँकी १० निर्वाचन क्षेत्रमा यो दल अगाडि देखिएको छ ।  

यस्तै, श्रम संस्कृति पार्टी ६ स्थानमा अगाडि देखिएको छ । राप्रपा १, प्रलोपा १ र स्वतन्त्र १ स्थानमा अगाडि छन् ।  

यो समाचार तयार पार्दासम्म १६१ निर्वाचन क्षेत्रमा मतगणना जारी छ ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.