Bizshala
  • मंगलवार, चैत्र १७,२०८२ 02:33:36
Bizshala
Global IME Bank Limited

सुनको मूल्य फेरि ५२०० डलरमाथि, चाँदीमा अझ ठूलो उछाल

Hyundai Nepal
सुनको मूल्य फेरि ५२०० डलरमाथि, चाँदीमा अझ ठूलो उछाल
Shivam Cement

काठमाण्डौ । सुनचाँदीको मूल्यमा फेरि उछाल सुरु भएको छ ।  

अन्तराष्ट्रिय बजारमा यी दुवै धातुको मूल्यमा पुनः उछाल आउन सुरु भएको देखिएको हो ।  

यो तयार पार्दासम्म सुनको मूल्य ह्वात्तै बढेर प्रति औंस ५२०० डलर माथि पुगिसकेको छ । यो भनेको अघिल्लो कारोबार दिनको तुलनामा २ प्रतिशतभन्दा बढीको वृद्धि हो ।  

यसअघि प्रति औंस ५१०० डलरसम्म पुगेर केही दिन सुनमा करेक्सन देखिएको थियो । तर फेरि इरान अमेरिका युद्ध नरोकिने छाँटकाट देखिएसँगै सुरक्षित सम्पत्तितर्फ लगानीकर्ताको आकर्षण बढेपछि सुनको डिमाण्ड ह्वात्तै बढ्दा मूल्यमा दवाब परेको हो । 

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

पछिल्लो केही दिन सुनको तुलनामा चाँदीमा झनै ठूलो उछाल आइरहेको छ । पछिल्लो २४ घण्टामा चाँदीको मूल्य अन्तराष्ट्रिय बजारमा ६ प्रतिशतले वृद्धि भएको छ । चाँदीको मूल्य अब प्रतिऔंस ८९.२५ डलर पुगेको छ । 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

चाँदीलाई पछिल्लो समय औद्योगिक सुनको रुपमा चित्रण गरिएको छ । विद्युतीय सवारीदेखि अन्य उत्पादनहरुमा समेत चाँदीको प्रयोग बढेसँगै यसको मूल्य पनि उक्लिरहेको छ ।  

Global IME Bank Limited

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.