शुक्रबार, श्रावण १,२०८३ 02:45:50
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 02:45:50
Bizshala
Global IME Bank Limited

नाफिज सदस्यहरुलाई युरोलोजी तथा किड्नी अस्पतालमा २० प्रतिशत छुट

नाफिज सदस्यहरुलाई युरोलोजी तथा किड्नी अस्पतालमा २० प्रतिशत छुट
New Office

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) का सदस्यहरुलाई युरोलोजी तथा किड्नी अस्पतालमा २० प्रतिशत छुट पाउने भएका छन् । बिहीबार नाफिज र अस्पताल बीच छुट सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौतामा नाफिज अध्यक्ष मेनुका कार्की र अस्पतालका अध्यक्ष शिव कुमार कटवालले हस्ताक्षर गरेका छन् । यो सम्झौता अनुसार नाफिजका सदस्यहरुले अस्पतालबाट प्रदान हुने सबै सेवामा २० प्रतिशत छुट पाउने छन् । 

समाचार लेख्ने पत्रकारहरुको स्वास्थ रहनु भनेर यो सम्झौता गरिएको नाफिज अध्यक्ष मेनुका कार्कीले बताइन् । नाफिज आफ्ना सदस्यहरुको क्षमता अभिवृद्धिसँगै स्वास्थ्यका क्षेत्रमा पनि काम अघि बढाइएको अध्यक्ष कार्कीले बताइन ।

यो सम्झौता अनुसार एक वर्षसम्मको अवधिमा नाफिजका सदस्यहरुले यो सुविधा पाउने छन् ।

सम्झौताका अबसरमा अस्पतालका अध्यक्ष कटवालले किड्नीको समस्या ७० प्रतिशत सम्म बिग्रेपछि मात्रै जानकारी हुने भएकाले पहिले नै सबैले सचेत भएर परीक्षण गर्नु पर्ने बताए ।

 

५० सदस्यको निशुल्क किड्नी परीक्षण
यसै बीच विश्व किड्नी दिवसको अबसरमा नाफिजका ५० जना सदस्यहरुको निशुल्क किड्नी परीक्षण समेत गरिएको छ । अस्पतालका डाक्टरहरुले नाफिजका सदस्यहरुको निशुल्क रुपमा किड्नीको परीक्षण गरेर किड्नीको अवस्थाका विषयमा जानकारी गराएका थिए ।

किड्नी बिग्रिए पछि निकै महंगो हुने तर पहिले नै जानकारी पाएको खण्डमा किड्नी बिग्रिनबाट जोगिने भएकाले यसलाई नाफिज सदस्यहरुको किड्नी आज निशुल्क परीक्षण गरिएको र आगामी दिनमा पनि अस्पतालबाट दिने सेवामा २० प्रतिशतको छुट पाउने ग्यारेन्टि गरिएको नाफिजका महासचिव निकेश खत्रीले जानकारी दिए ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.