काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले ‘अवसरको झोला’ अभियान सञ्चालन गरी आर्थिक रूपमा कमजोर तथा अवसरबाट वञ्चित विद्यार्थीहरूलाई विद्यालय झोला र स्टेशनरी वितरण गरेको छ ।
बैंकले एक कार्यक्रम आयोजना गरी विद्यार्थीहरुलाई झोला सहयोग गरेको हो । कार्यक्रमका झोला ग्रहण गर्दा बालबालिकाका अनुहारमा खुशिसँगै ‘अब म पनि सक्छु’ भन्ने विश्वासको झल्को देखिएको थियो ।
यस अभियानसँगै बैंकले शिक्षालाई प्रोत्साहन गर्न विद्यालय पोशाकहरु तथा मेहनती तथा उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्दै उनीहरूको लगनशीलताको कदर गरिएको छ ।
बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता पहलहरूलाई निरन्तरता दिँदै समुदायमा दिगो प्रभाव सिर्जना गर्ने प्रतिबद्धता जनाएको छ ।
हाल सम्म बैंकले सुर्खेत, कालिकोट, धनुषा लगायतका जिल्लाहरु गरि करिब ५०० भन्दा बढी विद्यालय झोलाहरु प्रदान गरिसकेको छ ।

