शनिबार, फाल्गुन १०,२०८१ 09:42:33
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 09:42:33
IME remit
Global IME Bank Limited

ग्राउण्ड जिरोः सेयर बजारबाट मारवाडी समूदाय पलायन हुने चर्चा,सरकारले 'टुहुरो' बनाएको गुनासो

Hyundai Nepal
ग्राउण्ड जिरोः सेयर बजारबाट मारवाडी समूदाय पलायन हुने चर्चा,सरकारले 'टुहुरो' बनाएको गुनासो
Nabil Bank Limited

काठमाण्डौ । नियमित साप्ताहिक स्तम्भ ‘ग्राउण्ड जिरो’लाई आज पनि हामीले निरन्तरता दिएका छौं । यसै सिलसिलामा आज पनि हामी विभिन्न ब्रोकर हाउसहरु गएका थियौं । आज काठमाण्डौको तापक्रम बढेपनि सेयर बजारमा भने त्यति सरगर्मी देखिदैनथ्यो । आज कारोबारको सुरुवातदेखि नै बजारमा उचारचढाव देखिएको थियो । तर बजार अधिकांश समय सकारात्मक रहेको थियो ।

आज हामीले अनामनगरमा रहेको कालिका सेक्युरिटिज् (स्टक ब्रोकर नम्बर ४६)बाट ग्राउण्ड जिरोको थालनी गरेका थियौ । यो ब्रोकरमा ठूलो संख्यामा लगानीकर्ता भेला एका थिए । बजारको अवस्था नियाल्न मै लगानीकर्ता व्यवस्त देखिन्थे । यस्तैमा एक लगानीकर्ताले भने,‘सबै तिर दबाब नै दबाब छ । पसल, व्यापार पनि चलेको छैन । सेयर बजारको अवस्था पनि उस्तै छ ।’ ती लगानीकर्ता देशको वर्तमान आर्थिक अवस्था र सेयर बजारको अवस्थाप्रति चिन्तित देखिन्थे ।  

यसै ब्रोकरमा भेटिएका एक लगानीकर्ताले नयाँ ब्रोकरमा गएर आएको र त्यहाँ खासै लगानीकर्ता नरहेको सुनाए । ब्रोकरका सञ्चालक मारवाडी समूदाय बजारबाट निस्कदै छन् भन्छन् । यसरी बजारबाट सबै पलायन हुने हो भने बजार कति दिन टिक्ला र खै ?’ उनले निराशा पोखे । उनले सरकारको स्थायित्व र सेयर बजारको सुधारका लागि अर्थमन्त्रीले केहि गर्न नसकेकोमा गुनासो पनि व्यक्त गरे ।  

वार्तालापकै क्रममा उनी संगै बसेका एक व्यक्तिले भने,‘बैंकको सेयर आईपीओ कै भाउमा आइसक्यो । बजार घटेको घट्यै छ । ’ बजारमा तलमाथि गर्दै अघि बढी रहेको थियो । आज बजारमा अघिल्ला दिनहरु भन्दा केहि रौनकता देखिएको थियो । लगानीकर्ताहरुको भिडबाट एउटा आजाव सुनियो,‘सरकारले विदेशी लगानीकर्ता भित्राउने भन्छ, स्वदेशमै भएका लगानीकर्ताको संरक्षण छैन । विदेशी भित्राएर मात्रै के गर्नु ? हामी त साथिहरु अभिभाबक बिनाको आर्थिक टुहुरो भयौं । न त धितोपत्र बोर्डमा अध्यक्ष छ । न त अर्थमन्त्रालय नै केही गर्छ ।’

Shivam Cement
CG Motors
Sagarmatha Cement

दिनको १२ बज्नै लागरेको थियो । त्यहाँबाट हामी नजिकैको इम्पेरियल सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४५) पुग्यौं । यहाँ लगानीकर्ताको उपस्थिति सामान्य थियो । बजार ४ –५ अंकले तल माथि गर्दै थियो । यसै ब्रोकरमा भेटिएका एक लगानीकर्ताले डिस्प्ले तिर हेरेर भने आज लघुवित्त र फाइनान्स चलेका छन् । नजिकै बसेका उनका साथिले लो क्याप भएका लघुवित्त मात्रै चलेको बताए । ‘फाइनान्स पनि त्यस्तै छ । लौ हेनुहोस नेपाल फाइनान्स ४ प्रतिशतले बढी सक्यो ।’ उनले हौसिदै भने । सँगैका एक लगानीकर्ताले सर्वोत्तम सिमेन्टको प्रसंग निकाल्दै कम्पनीको सेयरमूल्य घट्न रोकिएको बताए ।

केही समयको बसाई पछि हामी भिजन सेक्युरिटिज स्टक ब्रोकर नम्बर ३४ तिर लाग्यौ । यस बेलासम्म दिनको १ बजि सकेको थियो । बजार समान्य अंकले मात्रै तल माथि गर्दै थियो । यहाँ भेटिएका लगानीकर्ताले भने,‘यो बैंकको सेयर त बजार बढे पनि रातै घटे पनि रातै । यसले बजार माथि जानै दिएन ।’ चियाको चुस्कि तान्दै गरेका एक लगानीकर्ताले सहकारी डुब्नुमा केही बैंकको पनि हात रहेको दाबी गर्नसम्म भ्याए । ‘सहकारीमा कि साधारण मान्छेको पैसा छ कि २ नम्बरी गर्नेको । अहिले ८० प्रतिशत सहकारी समस्यामा छन् ।’ उनले भने ।  

यसै ब्रोकरमा भेटिएका एक लगानीकर्ताले माया खोलाको १० हजार कित्ता सेयर खरिद गरेको र कम्पनीको सेयरमूल्य निरन्तर घटिरहेकाले आफु फसेको गुनासो पोखे । उनीसँगै बसेका अर्का लगानीकर्ताले उनलाई सेयर बजार निर्दयी हुने भएकाले नआत्तिन र होल्ड गर्न सुझाएको देखियो ।  

केही समयको बसाइ पछि हामी आर्यतारा सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ५७) तिर लम्कियौ । यहाँ पनि लगानीकर्ताको उपस्थिति राम्रै थियो । लगानीकर्ता सेयर  गफमा मस्त थिए । यहाँ सेयर बजारका नवप्रवेशी लगानीकर्ता समेत भेटिए । ‘लौ न साथि हो ,म त सेयर बजारमा नयाँ–नयाँ नै हो । मलाइ पनि केही कारोबारमा सहयोग गर्नु पर्यो । हल्लै हल्लामा लगानी गर्दा त डुबिने पो रहेछ ।’ ती नवप्रवेशी लगानीकर्ताले भने । उनलाई ढाडस दिदै एक पुराना लगानीकर्ताले भनेको सुनियो,‘ हामी पनि डुबेका छौ साथि । यो बजार यस्तै हो । एक जना साथिलाई सेयर किन्न सल्लाह दिएको । किने पछि घटेको घट्यै छ । बजारमा यस्तै हुन्छ भन्न हामीलाई पनि भन्न गाह्रो हुन्छ । बिस्तारै बुझ्नु हुन्छ तपाइले पनि ।’  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.