शनिबार, असार १४,२०८२ 08:35:55
  • शनिबार, असार १४,२०८२ 08:35:55
Global IME Bank Limited

बीमा कम्पनीहरुलाई डीसीईओको विवरण ३ दिनभित्र पेश गर्न प्राधिकरणको निर्देशन

Hyundai Nepal
बीमा कम्पनीहरुलाई डीसीईओको विवरण ३ दिनभित्र पेश गर्न प्राधिकरणको निर्देशन
Nabil Bank Limited

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई उप–प्रमुख कार्यकारी अधिकारी (डीसीईओ)हरुको विवरण पेश गर्न निर्देशन दिएको छ । प्राधिकरणले जीवन तथा निर्जीवन बीमकलाई ३ दिनभित्र डीसीइओको विवरण बुझाउन निर्देशन दिएको हो ।  

प्राधिकरणले सक्सेसन प्लान अन्तर्गत बीमा कम्पनीहरुलाई यस्तो विवरण बुझाउन निर्देशन दिएको प्राधिकरणका कानून, उप–निर्देशक शाम्भाराज लामिछानेले बताए ।  

CG Motors
Muktinath Bikas Bank Limited

‘बीमा कम्पनीहरुमा पछिल्लो समय उप–प्रमुख कार्यकारी अधिकृत पद रिक्त रहेको र पदबिना नै कम्पनीहरुमा सम्पूर्ण काम भइरहेको पाइएकाले डीसीईओको नामसहितको सम्पूर्ण विवरण पेश गर्न निर्देशन दिएका हौं’ लामिछानेले भने, ‘बीमकको संस्थागत सुशासनसम्बन्धी निर्देशिकामा नै डीसीईओ राख्नुपर्ने व्यवस्था छ, अबको ३ दिनभित्र सम्पूर्ण बीमा कम्पनीले विवरण पेश गनुपर्नेछ ।’  

बीमा कम्पनीको संगठन भित्रको महत्वपूर्ण पदहरु पहिचान गर्ने र उक्त पदहरु ग्रहण गर्ने व्यक्तिहरुको लागि कार्य योजनाहरु विकास गर्न प्राधिकरणले सक्सेसन प्लानिङअन्तर्गत बीमकहरुलाई डीसीईओको विवरण माग गरेको लामिछानेले बताए । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.