काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप साढे ७ लाख कित्ता बोनस सेयर सूचीकृत भएको छ । चन्द्रागिरी हिल्स लिमिटेडको ५ प्रतिशत बोनस सेयर आज सूचीकृत भएको हो ।
सो प्रतिशत दरको कुल ७ लाख ६७ हजार ४५ कित्ता बोनस सेयर सूचीकृत भएको हो । योसँगै कम्पनीको सूचीकृत सेयर संख्या १ करोड ६१ लाख ७ हजार ९५६ कित्ता पुगेको छ ।
उक्त सूचीकृत बोनस सेयर आइतबारदेखि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

