महाशिवरात्रीको अवसरमा चन्द्रागिरीमा भजन उत्सव हुँदै, साँझ ४ बजेपछि केबलकारमा ५०% छुट
काठमाडौँ । चन्द्रागिरीमा पोखराको चर्चित युवा भजन समूहसहित भजन उत्सव आयोजना हुने भएको छ । महाशिवरात्रीको अवसरमा महाशिवरात्री भजन उत्सव चन्द्रागिरी भालेश्वर महादेव मन्दिरमा आयोजना हुने भएको हो । यस उत्सवमा भजन संस्कृतिलाई नयाँ उचाइ दिइरहेका पोखराको युवा भजन समूहको समेत दिउँसो २ बजेदेखि ५ बजेसम्म विशेष भजन प्रस्तुती हुनेछ । उत्तम बराल र जुपिटर पौडेलसहितको भजन समूहले...

