बुधबार, चैत्र २०,२०८१ 01:18:57
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 01:18:57
IME remit
Global IME Bank Limited

चन्द्रागिरी हिल्सको सेयरमा बुलिस डाइभर्जेन्स बन्दै, कस्तो होला आगामी यात्रा ?

Hyundai Nepal
चन्द्रागिरी हिल्सको सेयरमा बुलिस डाइभर्जेन्स बन्दै, कस्तो होला आगामी यात्रा ?
Nabil Bank Limited

काठमाण्डौ । चन्द्रगिरी हिल्स लिमिटेड नेप्सेमा होटल एण्ड टुरिजम समूहमा सूचीकृत कम्पनी हो । कम्पनीले ऐतिहासिक स्थल चन्द्रगिरी डाँडामा केबुलकार र रिसोर्ट सञचालन गरिरहेको छ । यो कम्पनीको इतिहास हेर्ने हो भने सुरुमा सन् २००९ मा काठमाण्डौ फनपार्कका रुपमा स्थापित भएको थियो । यो कम्पनी पछि सन् २०१६ को मे १६ मा चन्द्रगिरी हिल्स लिमिटेडका रुपमा स्थापित भएको हो ।  

करिब ३६ हेक्टर जग्गा लिजमा लिएर कम्पनीले चन्द्रागिरीमा रिसोर्ट, केबुलकार र फनपार्क, सञ्चालमा गरिरहेको छ । यो कम्पनी एक व्यवसायिक समूह आइएमई ग्रुपद्वारा सञ्चालित छ ।  

 

 

Shivam Cement
Bizshala
CG Motors

आधारभूत पक्षः  

अघिल्लो आर्थिक वर्षको चौंथा त्रैमासिक प्रतिबेदन अनुसार कम्पनी चुक्तापूँजी १ अर्ब ५३ करोड रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोष ७ करोड ६ लाख रुपैयाँ नेगेटिभ रहेको छ । योसँगै कम्पनीको कुल पूँजी १ अर्ब ४६ करोड रुपैयाँ रहेको छ । कम्पनीको खुद मुनाफा २२ करोड ३३ लाख रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी १४.५६ रुपैयाँ रहेको छ भने बुक भ्यालु ९५.३९ रुपैयाँ रहेको छ । कम्पनीको रिर्टन अन इक्विटी १५.२६ रुपैयाँ रहेको छ ।  

प्राविधिक पक्षः  

फियर एण्ड ग्रिड मिटरको आधारमा

फियर एण्ड ग्रिड मिटरको आधारमा यो कम्पनी हाल वियरिस सेन्टिेमन्टमा चलेको देखिन्छ । यदि यस्तो मिटर २० भन्दा तल भएमा वियरिस, ५० को तहमा रहेमा न्यूट्रल र ८० भन्दा माथि भएमा बुलिस भन्ने बुझिन्छ । यस आधारमा यस कम्पनी हाल बियरिस सेन्टिमेन्टमा चल्दै गरेको छ । कम्पनीको ५२ साताको उच्च मूल्य १३२० रुपैयाँ न्यून मूल्य ७६२ रुपैयाँ रहेको थियो । हाल यस कम्पनीको सेयर भाउ ९०० रुपैयाँमा अन्तिम कारोबार भएको छ । यस कम्पनीको शतप्रतिशत सेयर सर्वसाधारणमा परिणत भएको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बोलिङ्गर ब्याण्ड, म्याक्डी र आरएआई

बोलिङ्गर ब्याण्डको आधारमा यो कम्पनीको सेयर भाउ हाल तल्लो ब्याण्डमा चलेको छ । तर तल्लो ब्याण्ड छोडेर अपर ब्याण्ड लागि हालको अवस्था भने होइन । म्याक्डीमार्फत हेर्दा केही समय पहिले बनेको वियरिस क्रसओभर हालसम्म पनि भ्यालिड नै रहेको छ । हिस्टोग्राम नेगेटिभ रहेता पनि छोटा–छोटा हुँदै गएका छन् ।  

तर बुलिस क्रसओभर भई सकेको अवस्था भने होइन । आरएसआइ भने ओभर सोल्ड जोन २९ बाट फर्केर हाल ३९ को तहमा पुगेको छ । अर्थात यस कम्पनीको सेयर भाउमा हाल बुलिस डाइभर्जेन्स बन्दै गरेको देखिन्छ ।  

पिभट् प्वइन्टः  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – १०४२

प्रतिरोध २ – ९९८

प्रतिरोध १–  ९३७

पिभट् प्वइन्टः ८९३

घटेमा सपोर्ट  

सपोर्ट १– ८३२

सपोर्ट २– ७८८

सपोर्ट  ३ –७२७

निष्कर्षः  आधारभूत रुपमा चन्द्रागिरी हिल्स कम्पनी ठीकै देखिन्छ । कम्पनीको आघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा प्रतिसेयर आम्दानी र रिर्टन अन इक्विटीमा प्रगति गरेको देखिन्छ । प्रतिसेयर आम्दानी करिब ४८ प्रतिशतले बढ्दा रिर्टन अन इक्विटी ३१ प्रतिशतले बढेको छ । कम्पनीको बुक भ्यालुमा पनि १२.६ प्रतिशतले बढोत्तरी आएको छ ।  

प्राविधिक रुपमा यस कम्पनीको सेयरमा आरएसआईमा बुलिस डाइभर्जेन्स देखिन्छ भने म्याक्डीमा करिब बुलिस क्रसओभर नजिक पुगेको देखिन्छ तर भई हालको अबस्था भने होइन ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.