बुधबार, माघ १४,२०८२ 07:05:48
Bizshala
  • बुधबार, माघ १४,२०८२ 07:05:48
Bizshala
Global IME Bank Limited
Bizshala

चन्द्रागिरि हिल्सले डाक्यो साधारण सभा, सेयरधनीको हात भने रित्तो

चन्द्रागिरि हिल्सले डाक्यो साधारण सभा, सेयरधनीको हात भने रित्तो
Shivam Cement

काठमाण्डौ । चन्द्रागिरि हिल्स लिमिटेडले १५ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । मंसिर १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त सभा आगामी पुस ३ गते कम्पनीको थानकोटस्थित कार्यालय परिसरमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।  

कम्पनीले गत आर्थिक वर्षका लागि कुनै प्रकारको लाभांस वितरण नगर्ने जनाएको छ । सभामा सञ्चालक समिति सदस्यको नियुक्ति अनुमोदन गर्ने, र प्रबन्धपत्र तथा नियमावलीमा दफा तथा नियम संसोधन गर्न अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

Bizshala
Garima Development Bank
New Office

यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षद्धारा प्रस्तुत पन्धौं वार्षिक प्रतिबेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ साल असार मसान्तसम्मको वासलात, सोही मितिमा समाप्त आव २०८०/८१ को आय व्यय हिसाव र नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरु स्वीकृत गर्ने आव २०८१/८२ को लेखापरिक्षण कार्यको लागि लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने जस्ता सामान्य प्रस्तावहरु समेत पारित गरिनेछन् ।  

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर २१ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ मंसिर २० गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको सभामा सहभागी हुन सक्नेछन् । 

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.