Bizshala
  • शुक्रबार, चैत्र १३,२०८२ 04:24:01
Bizshala
Global IME Bank Limited

सपथलगत्तै मन्त्रालय पुगे अर्थमन्त्री, गरे तीन ठूला निर्णय

Hyundai Nepal
सपथलगत्तै मन्त्रालय पुगे अर्थमन्त्री, गरे तीन ठूला निर्णय
Shivam Cement

काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पदभार ग्रहणसँगै आर्थिक तथा कानुनी सुधारलाई तीव्रता दिने संकेत गरेका छन् । उनले अर्थतन्त्रको संरचनागत रूपान्तरणलाई केन्द्रमा राख्दै स्पष्ट रोडम्यापसहित अघि बढ्ने बताएका छन् ।

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

अर्थमन्त्रालयमा पदभार सम्हाल्दै उनले टुक्रे योजनाभन्दा दीर्घकालीन र समन्वित रणनीतिमा आधारित काम गरिने उल्लेख गरे । “नेपालको अर्थतन्त्रलाई रूपान्तरण गर्ने गरी बजेट ल्याइनेछ, त्यसका लागि कानुनी सुधारको स्पष्ट मार्गचित्र तयार गरिनेछ,” उनले भने ।

पदभार ग्रहणकै क्रममा मन्त्री वाग्लेले तीन महत्वपूर्ण निर्णय पनि गरेका छन् । उनले तत्काल ‘आर्थिक स्थितिपत्र’ तयार गर्ने, निर्वाचन वाचालाई कार्यान्वयनमा लैजान १०० दिने, अर्धवार्षिक र वार्षिक कार्ययोजना बनाउने निर्णय गरेका हुन् ।

यस्तै, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग–२०८१ को सिफारिसअनुसार राजश्व अनुसन्धान विभागसँग सम्बन्धित लगायत करिब १५ वटा पुराना ऐन खारेज गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरिएको छ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

निजी क्षेत्रको सुरक्षा र प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै ठूला विकास आयोजनाको सहजीकरणका लागि नयाँ कानुन ल्याउने वा विद्यमान कानुन संशोधन गर्ने दिशामा पनि काम अघि बढाइने मन्त्री वाग्लेले स्पष्ट पारे ।

उनले निजी क्षेत्रसँग निरन्तर संवाद गर्दै लगानीमैत्री वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाउँदै समग्र आर्थिक तथा कानुनी सुधारलाई एकीकृत रूपमा अघि बढाउने बताएका छन् ।

Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.