बिहीबार, चैत्र १९,२०८२ 10:11:41
Bizshala
  • बिहीबार, चैत्र १९,२०८२ 10:11:41
Bizshala
Global IME Bank Limited

नासा सेक्युरिटिजले सुरु गर्यो मार्जिन ट्रेडिङ कारोबार

Hyundai Nepal
नासा सेक्युरिटिजले सुरु गर्यो मार्जिन ट्रेडिङ कारोबार
Shivam Cement

काठमाण्डौ । नासा सेक्युरिटिज कम्पनी लिमिटेड (ब्रोकर नं.५८)ले मार्जिन ट्रेडिङ कारोबार सुरु गरेको जनाएको छ ।

नियामक निकायबाट मार्जिन कारोबारसम्बन्धी कार्यविधि लागू भएसँगै उक्त सेवा सञ्चालन गर्ने पहिलो ब्रोकर कम्पनीका रूपमा नासा सेक्युरिटिज नेपालमा स्थापित भएको छ ।

सेवा प्रारम्भ गरेको पहिलो दिनमै कम्पनीले आफ्ना ग्राहकहरूलाई करिब १४ करोड रुपैयाँ बराबरको मार्जिन ट्रेडिङ सुविधा उपलब्ध गराएको छ । यस उपलब्धिले नासाको नवीन पहलप्रतिको प्रतिबद्धता देखाउनुका साथै नेपालको पूँजी बजारको विकासमा यसको अग्रणी भूमिका पनि प्रष्ट पार्छ ।

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

मुख्य विशेषताहरू

  • लगानीकर्ताले ३० प्रतिशत प्रारम्भिक मार्जिन राखी कारोबार गर्न सक्नेछन् र बाँकी ७० प्रतिशत रकम नासाबाट उपलब्ध हुनेछ
  • सुविधा रकम रु १० लाखदेखि रु २ करोडसम्म उपलब्ध हुनेछ
  • अवधि १ महिना, २ महिना र ३ महिना
  • ब्याज तथा सेवा शुल्क करिब १ प्रतिशत प्रतिमहिना, लामो अवधिमा छुटको व्यवस्था भएको

जोखिम व्यवस्थापन

  • न्यूनतम २० प्रतिशत सम्भार मार्जिन कायम राख्नुपर्ने
  • सम्भार मार्जिन २० प्रतिशत भन्दा कम भएमा मार्जिन कल गरिने
  • नियामक निकायको मार्जिन ट्रेडिङ कार्यबिधि २०८२ पूर्ण रूपमा पालन गर्नुपर्ने
IME remit
Bizshala
Muktinath Bikas Bank Limited

योग्य धितोपत्र

  • मार्जिन कारोबार नेप्सेद्वारा स्वीकृत कम्पनीहरूको सूचीभित्र मात्र गर्न पाइनेछ।

सेवा लिनको लागि प्रक्रिया

  • मार्जिन डिम्याट खाता र मार्जिन ट्रेडिङ खाता खोल्नुपर्ने
  • प्रक्रिया पूरा गरी मार्जिन सम्झौतामा हस्ताक्षर गर्नुपर्ने

यस सुविधाको सुरुवातसँगै नासा सेक्युरिटिजले लगानीकर्ताको सहभागिता वृद्धि, बजारमा तरलता अभिवृद्धि तथा लगानी अवसरहरू विस्तार गर्ने लक्ष्य राखेको छ।

Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.