बिहीबार, चैत्र १९,२०८२ 07:10:28
Bizshala
  • बिहीबार, चैत्र १९,२०८२ 07:10:28
Bizshala
Global IME Bank Limited

आयात निर्यात दुवै बढ्यो, ८ महिनामा झण्डै दुई खर्बको वस्तु निर्यात

Hyundai Nepal
आयात निर्यात दुवै बढ्यो, ८ महिनामा झण्डै दुई खर्बको वस्तु निर्यात
Shivam Cement

काठमाण्डौ । आर्थिक वर्ष २०८२/८३ को आठ महिनामा कुल वस्तु निर्यात २०.८ प्रतिशतले वृद्धि भएको छ ।  

नेपाल राष्ट्र बैंकका अनुसार सो अवधिसम्म रु.१ खर्ब ९१ अर्ब ११ करोड बराबरको वस्तु निर्यात भएको छ ।  

गत वर्षको सोही अवधिमा यस्तो निर्यात ५७.२ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत र अन्य मुलुकतर्फको निर्यात क्रमशः २५.३ प्रतिशत र ७.८ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा ५३.७ प्रतिशतले कमी आएकोछ ।  

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

वस्तुगत आधारमा भटमासको तेल, अलैंची, पाम तेल, जुटका सामान, चाउचाउलगायतका वस्तुको निर्यात बढेको छ भने जिङ्क सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैंचा, हस्तकलाका सामानलगायतका वस्तुको निर्यात घटेको छ ।

त्यस्तै, सो अवधिसम्म कुल वस्तु आयात १२.५ प्रतिशतले वृद्धि भई रु.१२ खर्ब ८९ अर्ब २५ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो आयात ११.२ प्रतिशतले वृद्धि भएको थियो ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ५.१ प्रतिशत, २१.२ प्रतिशत र २६.० प्रतिशतले वृद्धि भएको छ ।  

वस्तुगत आधारमा भटमासको कच्चा तेल, रासायनिक मल, चाँदी, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्टस्, दूरसञ्चारका उपकरण तथा पार्ट्सलगायतका वस्तुको आयात बढेको छ भने खाने तेल, हट रोल्ड शिट इन क्वाइल, लसुन, दाल, एम.एस.विलेटलगायतका वस्तुको आयात घटेको छ ।

Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.