बिहीबार, असार ११,२०८३ 09:38:17
Bizshala
  • बिहीबार, असार ११,२०८३ 09:38:17
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अमेरिका–ईरान तनावबीच चीनद्वारा तत्काल युद्धविरामको आह्वान

Laxmi Sunrise Bank Limited
अमेरिका–ईरान तनावबीच चीनद्वारा तत्काल युद्धविरामको आह्वान

काठमाण्डौ । मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका बीच चीनले सबै पक्षलाई तत्काल सैन्य गतिविधि रोक्न आग्रह गरेको छ। यो आह्वान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्ध आगामी साताहरुमा ठूलो हमला गर्ने चेतावनी दिएपछि आएको हो।

चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले पत्रकार सम्मेलनमा सैन्य समाधानले समस्या समाधान नगर्ने र यसले क्षेत्रीय अस्थिरता झन् बढाउने चेतावनी दिइन्। उनले सबै पक्षलाई तत्काल सैन्य कारबाही बन्द गर्न आग्रह गरिन्।

New Office
CG Motors
Garima Development Bank

चीनले विशेषगरी स्ट्रेट अफ हरमुज क्षेत्रमा जहाज आवागमनमा आएको अवरोधप्रति चिन्ता व्यक्त गरेको छ। उक्त जलमार्ग विश्व ऊर्जा आपूर्तिका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ। चिनियाँ पक्षले यस क्षेत्रमा उत्पन्न अवरोधको प्रमुख कारण अमेरिका र इसराइलद्वारा गरिएको सैन्य गतिविधि भएको आरोप लगाएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसैबीच, अमेरिकी राष्ट्रपति ट्रम्पले बुधबार करिब १९ मिनेट लामो सम्बोधन गर्दै इरानमाथि कडा चेतावनी दिएका छन्। उनले अमेरिका निकट भविष्यमा ठूलो सैन्य कारबाही गर्न तयार रहेको र त्यसले इरानलाई “पाषाण युगमा पुर्‍याउने” बताएका छन्।

विश्लेषकहरूका अनुसार यस्तो अभिव्यक्तिले मध्यपूर्वमा द्वन्द्व चर्किने जोखिम बढाएको छ, जसको असर विश्व अर्थतन्त्र, ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय सुरक्षामा पर्न सक्ने देखिन्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.