मंगलवार, असार १६,२०८३ 03:25:46
Bizshala
  • मंगलवार, असार १६,२०८३ 03:25:46
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सभामुख पदका लागि डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता

Laxmi Sunrise Bank Limited
सभामुख पदका लागि डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता

काठमाण्डौ । डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको सभामुख पदका लागि शुक्रबार संसद् सचिवालयमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टी का उपसभापतिसमेत हुन्।

यसअघि बिहीबार बसेको रास्वपाको संसदीय दलको बैठकले पार्टी सभापति रवि लामिछानेको प्रस्तावमा अर्यालको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको थियो।

New Office
CG Motors
Garima Development Bank

संसद् सचिवालयले सभामुख पदका लागि उम्मेदवारी दर्ता गर्न शुक्रबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मको समय निर्धारण गरेको थियो। निर्धारित समयावधि समाप्त भएपछि दिउँसो साढे २ बजे उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन गर्ने कार्यतालिका रहेको छ।

सभामुख पदको निर्वाचन यही चैत २२ गतेका लागि तय गरिएको छ। उक्त दिन प्रतिनिधि सभाको बैठकमा सभामुख चयनका लागि प्रस्ताव पेश तथा समर्थन गरिनेछ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

हाल सभामुख पद रिक्त रहेकाले प्रतिनिधि सभाको बैठक ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीको अध्यक्षतामा सञ्चालन भइरहेको छ। सभामुख चयन नभएसम्म ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्ने संवैधानिक व्यवस्था छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.