आईतवार, श्रावण ३,२०८३ 03:58:45
Bizshala
  • आईतवार, श्रावण ३,२०८३ 03:58:45
Bizshala
Global IME Bank Limited

प्रभु बैंक र दुई लजबीच विशेष छुट सम्झौता

प्रभु बैंक र दुई लजबीच विशेष छुट सम्झौता
New Office

काठमाण्डौ । लेक्साइड पोखरास्थित फिस टेल लज पोखरा र अन्नपूर्ण जगतपुर लज र प्रभु बैंकबीच विशेष छुट सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भएको छ । चैत २५ गतेका दिन प्रभु बैंकका तर्फबाट चिफ मार्केटीङ अफिसर दिपेन्द्र बाबु बिष्ट  र लेकसाइड पोखरास्थित फिस टेल लज पोखरा तथा अन्नपूर्ण जगतपुर लजका तर्फबाट बिक्री तथा मार्केटीङ क्लस्टर निर्देशक सनीस महर्जनबाट सम्झौतापत्रमा हस्ताक्षर गरि एक अर्कालाई सम्झौतापत्र हस्तान्तरण गरियो ।  

लेकसाइड पोखरास्थित फिस टेल लज पोखरा र अन्नपूर्ण जगतपुर लज र प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले सेवा तथा सुबिधा लिए बापत विशेष छुट पाउने छन् ।

सम्झौताअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले लजका सेवा तथा सुबिधा प्राप्त गर्नको निमित्त बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैंकका अन्य कुनै विद्युतिय प्रणालीद्वारा विल भुक्तानी गर्नुपर्ने छ । 

लेकसाइड पोखरा स्थित फिस टेल लज पोखरा र अन्नपूर्ण जगतपुर लजमार्फत उपलब्ध आवास तर्फ विशेष सस्थागत छुट साथै खाना तथा पेय पदार्थमा १० देखी १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन ।

 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.