शुक्रबार, चैत्र २७,२०८२ 10:35:58
Bizshala
  • शुक्रबार, चैत्र २७,२०८२ 10:35:58
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

तेल मार्गमै खेलियो शक्ति खेल: इरानको रणनीतिले विश्व चकित

Bizshala
तेल मार्गमै खेलियो शक्ति खेल: इरानको रणनीतिले विश्व चकित
Shivam Cement

काठमाण्डौ । इरान, अमेरिका र इजरायलबीच करिब ४० दिनसम्म चलेको तनावपूर्ण युद्धपछि एउटा महत्त्वपूर्ण निष्कर्ष बाहिर आएको छ-इरानको वास्तविक शक्ति परमाणु क्षमताभन्दा पनि विश्व ऊर्जा आपूर्तिको मुख्य नाकाबन्दी बिन्दु ‘Strait of Hormuz’ नियन्त्रण गर्ने रणनीतिमा रहेको देखिएको छ।

युद्धको सुरुआतदेखि नै यसलाई इरानमा सत्ता परिवर्तनको प्रयासका रूपमा व्याख्या गरिएको थियो, जसअन्तर्गत इरानका प्रमुख सैन्य तथा राजनीतिक संरचनामाथि लक्षित आक्रमण गरिएको थियो। यसको जवाफमा इरानले अमेरिका समर्थित खाडी देशहरूमा मिसाइल र ड्रोन आक्रमण गर्‍यो।

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

तर, संघर्ष चर्किँदै जाँदा इरानले आफ्नो ध्यान विश्व व्यापारका लागि अत्यन्त संवेदनशील समुद्री मार्ग(Strait of Hormuz)तर्फ केन्द्रित गर्‍यो। यो मार्ग फारसको खाडीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने प्रमुख नाका हो।

इरानको यस रणनीतिले अमेरिका र उसका सहयोगी देशहरूमा तत्काल दबाब सिर्जना गर्‍यो, किनकि उनीहरूको ऊर्जा आपूर्ति यही मार्गमा निर्भर छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (IRGC) का अधिकारीहरूले समेत यो मार्ग नियन्त्रण गर्नु पारम्परिक युद्धभन्दा बढी प्रभावकारी रणनीति हुन सक्ने स्वीकार गरेका छन्।

यही दबाबका कारण अन्ततः युद्धविराम वार्तामा होर्मुज जलडमरूमध्य खोल्ने र सुरक्षित बनाउने विषय प्रमुख सर्तका रूपमा अघि आयो।

युद्धविरामपछि ‘विजय’को सन्देश, तर भित्री अवस्था जटिल

युद्धविरामपछि इरानले आफ्नो सरकारी सञ्चारमाध्यममार्फत ‘विजय’को सन्देश फैलाएको छ। इरानले युद्धविरामको शर्तमा प्रतिबन्ध हटाउने, क्षतिपूर्ति र अमेरिकी सैनिक फिर्ता हुने विषय समेटिएको दाबी गरेको छ।

तर, वास्तविकता भने त्यति सहज देखिँदैन। युद्धका क्रममा इरानको सैन्य क्षमतामा क्षति पुगेको छ भने अमेरिकी प्रतिबन्धका कारण अर्थतन्त्र झन् कमजोर भएको छ। साथै, आन्तरिक असन्तोष नियन्त्रण गर्न केही व्यक्तिलाई मृत्युदण्ड दिइएको घटनाले सरकारभित्रको चिन्ता झल्काउँछ।

होर्मुजमा नियन्त्रणको योजना र अन्तर्राष्ट्रिय चुनौती

हाल इरानमा होर्मुज जलडमरूमध्यमा थप नियन्त्रण कायम गर्ने विषयमा छलफल भइरहेको छ। संसदमा प्रस्तुत प्रस्तावअनुसार इरानले उक्त मार्गबाट गुज्रिने जहाजहरूमाथि शुल्क लगाउने योजना समेत अघि सारेको छ।

केही प्रस्तावहरूमा शत्रु देशका जहाजलाई प्रवेश नदिने, तथा मार्ग प्रयोग गर्न शुल्क तिर्नुपर्ने व्यवस्था राख्ने विषय समावेश छन्।

तर, यस्तो कदमले अमेरिका तथा उसका सहयोगी देशहरूबाट कडा विरोध आउन सक्ने संकेत देखिएको छ, किनकि समुद्री मार्गको स्वतन्त्र आवागमन उनीहरूको प्रमुख सिद्धान्त हो।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

जोखिम र सम्भावित परिणाम

विश्लेषकहरूका अनुसार यदि इरानले सफलतापूर्वक होर्मुज जलडमरूमध्यमा नियन्त्रण कायम गर्‍यो भने यो ठूलो रणनीतिक उपलब्धि हुनेछ। तर, यसले उल्टै अमेरिका, नेटो सदस्य राष्ट्र र क्षेत्रीय शक्तिहरूलाई इरानविरुद्ध एकजुट गराउने जोखिम पनि उत्तिकै उच्च छ।

यसरी, युद्धपछि सतहमा ‘विजय’ देखिए पनि वास्तविकता भने जटिल भू-राजनीतिक प्रतिस्पर्धातर्फ संकेत गरिरहेको छ।

-बीबीसी हिन्दीमा प्रकाशित रिपोर्टको भावानुवाद

Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.