बुधबार, असार १०,२०८३ 03:02:24
Bizshala
  • बुधबार, असार १०,२०८३ 03:02:24
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एनसेल प्रयोगकर्तालाई हिमालयन जाभा कफीको प्रत्येक चुस्कीमा छुट

Laxmi Sunrise Bank Limited
एनसेल प्रयोगकर्तालाई हिमालयन जाभा कफीको प्रत्येक चुस्कीमा छुट

काठमाण्डौ । नेपाली दूरसञ्चार कम्पनी Ncell ले नयाँ वर्ष २०८३ को अवसरमा कफी संस्कृति झन् आकर्षक बनाउने गरी Himalayan Java Coffee सँग रणनीतिक सहकार्य घोषणा गरेको छ। यस अफरमार्फत अब एनसेल प्रयोगकर्ताले देशभरका हिमालयन जाभा आउटलेटहरूमा कफी, पेय पदार्थ तथा खानेकुरामा विशेष छुट पाउने भएका छन्।

New Office
CG Motors
Garima Development Bank

यो सहकार्यअन्तर्गत रु. ४९९ वा सोभन्दा माथिको योग्य प्याक प्रयोग गर्ने ग्राहकहरूले “एक कफी किन्दा अर्को निःशुल्क” (Buy 1 Get 1 Free) सुविधा पाउनेछन्। साथै, तेस्रो कप कफी खरिद गर्दा ३० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ, जसले नियमित कफी उपभोक्ताका लागि थप आकर्षण सिर्जना गर्नेछ।

यस्तै, २५ वर्ष वा सोभन्दा कम उमेर समूहका युवा तथा एनसेल प्रयोग गर्ने विदेशी पर्यटकलाई लक्षित गर्दै रु. ९९ वा सोभन्दा माथिको प्याकमा २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ। अन्य सामान्य ग्राहकहरूले भने सोही मूल्यका प्याक वा सक्रिय रेन्टल प्लान प्रयोग गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

एनसेलका प्रमुख कार्यकारी अधिकृत Michael Foley ले यो साझेदारीलाई “ग्राहक अनुभवलाई थप अर्थपूर्ण बनाउने प्रयास” भन्दै, व्यस्त जीवनशैलीबीच साना–साना खुसी साट्न प्रेरित गर्ने अभियानका रूपमा व्याख्या गरेका छन्। 

त्यस्तै, हिमालयन जाभा कफीका संस्थापक Anand Gurung ले यो सहकार्यले नेपालमा कफी संस्कृतिको विस्तार र ग्राहकसँगको भावनात्मक सम्बन्ध अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो अफर प्रयोग गर्न ग्राहकले कुनै अतिरिक्त दर्ता गर्नुपर्ने छैन। एनसेल एपभित्र ‘Partnered Services’ मा गएर आफ्नो योग्यताको विवरण हेर्न सकिनेछ। अर्डर गर्दा एपको ‘लाइभ’ स्क्रिन देखाउनुपर्नेछ भने स्क्रिनसट मान्य हुने छैन। एक बिलमा एक मात्र छुट लागू हुने व्यवस्था गरिएको छ, तर योग्यताअनुसार सबैभन्दा बढी लाभ दिने छुट स्वतः लागू हुनेछ।

एनसेल र हिमालयन जाभाबीचको यो सहकार्यले ग्राहकलाई आफ्नो हालको मोबाइल प्लानमै थप मूल्य (value addition) प्रदान गर्दै डिजिटल सेवा र लाइफस्टाइल अनुभवलाई जोड्ने प्रयास गरेको कम्पनीले जनाएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.