काठमाण्डौ । ईरानको विदेश मन्त्रालयले अमेरिकासँग सन्देश आदान–प्रदान भइरहेको जनाएको छ। मन्त्रालयका प्रवक्ता इस्माइल बन्काईले पाकिस्तान अझै पनि मध्यस्थको भूमिकामा सक्रिय रहेको स्पष्ट पारे।
उनका अनुसार आजै पाकिस्तानबाट आउने प्रतिनिधिमण्डललाई ईरानले आतिथ्य प्रदान गर्ने प्रबल सम्भावना रहेको छ। उनले भने, ‘यो वार्ता इस्लामाबादमा भएको अघिल्लो भेटको निरन्तरता हुनेछ र यसमा ईरान तथा अमेरिकाको धारणा विस्तृत रूपमा छलफल गरिनेछ।’
बन्काईले अमेरिका द्वारा लगाइएका आरोपहरूलाई खारेज गर्दै ईरानको परमाणु कार्यक्रम पूर्ण रूपमा शान्तिपूर्ण उद्देश्यका लागि रहेको दाबी गरे। साथै, उनले ईरानले आफ्ना आवश्यकताअनुसार युरेनियम संवर्धन जारी राख्न सक्ने अधिकार हुनुपर्ने उल्लेख गरे। तर संवर्धनको प्रकार र स्तरबारे वार्ताको सम्भावना खुला रहेको उनले संकेत दिए।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि ईरानसँग अर्को चरणको वार्ता हुन सक्ने सम्भावना व्यक्त गरिसकेका छन्।

