बिहीबार, आश्विन २९,२०८३ 04:16:53
Bizshala
  • बिहीबार, आश्विन २९,२०८३ 04:16:53
Bizshala
Global IME Bank Limited

कम जोखिम, बढी रिटर्नतर्फ कामना सेवा: ९ महिनामै प्रभावशाली सुधार

Bizshala
कम जोखिम, बढी रिटर्नतर्फ कामना सेवा: ९ महिनामै प्रभावशाली सुधार
New Office

काठमाण्डौ । चुनौतीपूर्ण वित्तीय वातावरण (न्यून ब्याजदर, खराब कर्जाको दबाब, तरलता फालाफाल)बीच कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म उल्लेखनीय सुधार देखाएको छ। 

बैंकको अपरिस्कृत वित्तीय विवरणअनुसार अधिकांश प्रमुख सूचकहरू सकारात्मक दिशामा उक्लिएका छन्।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

समीक्षा अवधिमा बैंकको खुद नाफा १९ प्रतिशतले वृद्धि भई ४९ करोड ३१ लाख रुपैयाँबाट बढेर ५८ करोड ८६ लाख रुपैयाँ पुगेको छ। सञ्चालन मुनाफा पनि ७१ करोड ६१ लाखबाट बढेर ८४ करोड ७४ लाख रुपैयाँ पुगेको छ, जसले बैंकको सञ्चालन दक्षता मजबुत बन्दै गएको संकेत गर्छ।

बैंकको खुद ब्याज आम्दानी पनि उल्लेखनीय रूपमा बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ६६ करोड ४२ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी यो वर्ष बढेर १ अर्ब ८१ करोड ८३ लाख रुपैयाँ पुगेको छ। व्यवस्थापनले व्यवसाय विस्तार र गुणस्तरीय कर्जा प्रवाहमा दिएको प्राथमिकताले यस्तो सुधार सम्भव भएको देखिन्छ।

खराब कर्जा व्यवस्थापनतर्फ पनि बैंकले प्रगति गरेको छ। सम्भावित कर्जा नोक्सानीका लागि २८ करोड ६२ लाख रुपैयाँ छुट्याउँदा समेत खुद गैर-निष्क्रिय कर्जा (Net NPL) १.४० प्रतिशतबाट घटेर १ प्रतिशतमा सीमित भएको छ, जुन बैंकका लागि सकारात्मक संकेत हो।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

नाफा र दक्षतामा आएको सुधारसँगै बैंकका प्रतिफल सूचकहरू पनि सुदृढ बनेका छन्। वार्षिकीकृत आरओई ११.८३ प्रतिशतबाट बढेर १२.४५ प्रतिशत पुगेको छ भने आरओए ०.९६ प्रतिशतबाट बढेर १.०८ प्रतिशत पुगेको छ। प्रतिसेयर आम्दानी (EPS) पनि १८.७३ रुपैयाँबाट बढेर २०.०५ रुपैयाँ पुगेको छ।

तेस्रो त्रैमाससम्मको वार्षिकीकृत वितरणयोग्य मुनाफा १४.१५ प्रतिशत कायम रहेकाले, यही गति अन्तिम त्रैमाससम्म कायम रहेमा बैंकले चालु आर्थिक वर्षमा करिब १४ प्रतिशत हाराहारीको लाभांश (रिटर्न) दिने क्षमता बनाएको संकेत देखिन्छ।

व्यवसाय विस्तारतर्फ बैंकले ६४ अर्ब ९५ करोड रुपैयाँ निक्षेप संकलन गरी ५३ अर्ब ५३ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। यो अघिल्लो वर्षको तुलनामा निक्षेपमा ३.३६ प्रतिशत र कर्जामा ६.९१ प्रतिशतको वृद्धि हो।

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर नेटवर्थ १६३.५७ रुपैयाँ, पी/ई रेसियो २४.२० गुणा, तरलता अनुपात २४.०८ प्रतिशत, प्रतिसेयर कुल सम्पत्ति मूल्य १,९१४.९८ रुपैयाँ र पूँजीकोष अनुपात १३.४७ प्रतिशत कायम रहेको छ।

समग्रमा, वित्तीय सूचकहरूमा देखिएको सुधारले कामना सेवा विकास बैंकले स्थायित्वसँगै मध्यमकालीन रूपमा डबल डिजिट रिटर्न दिने आधार तयार पारिरहेको संकेत गर्छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.