मंगलवार, श्रावण २६,२०८३ 07:18:54
Bizshala
  • मंगलवार, श्रावण २६,२०८३ 07:18:54
Bizshala
Global IME Bank Limited

ब्याज आम्दानीमा संकुचन आएसँगै निफ्राको नाफामा २८.५३% को गिरावट

Prabhu Bank Limited
ब्याज आम्दानीमा संकुचन आएसँगै निफ्राको नाफामा २८.५३% को गिरावट
New Office

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरणअनुसार कम्पनीको खुद ब्याज आम्दानीमा सुस्तता छाउदा कम्पनीको नाफा घट्न पुगेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीले १  अर्ब ८ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । उक्त रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २७.०३ प्रतिशतले कम हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने कम्पनीले १ अर्ब ४८ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको थियो ।  

ब्याज आम्दानीमा आएको संकुचनका कारण कम्पनीको नाफा समेत २८.५३ प्रतिशतले घट्न पुगेको छ । कम्पनीले ६४ करोड ३३ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । जबकी कम्पनीले अघिल्लो आवको सोही अवधिसम्म भने ९० करोड रुपैयाँबराबरको खुद नाफा संकलन गरेको थियो ।  

कम्पनीको खुद शुल्क तथा कमिशन आम्दानी भने बढेको छ । अघिल्लो आवमा १ करोड ३३ लाख रहेको खुद शुल्क तथा कमिशन आम्दानी बढेर २ करोड २२ लाख पुगेको छ ।  

कम्पनीले समीक्षा अवधिसम्ममा ९२ करोड २ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। यो रकम अघिल्लो आवमा भने १ अर्ब २८ करोड रहेको थियो । यस्तै कम्पनीको खुद सञ्चालन आम्दानी १ अर्ब १२ करोड रुपैयाँ रहेको छ ।  

कम्पनीको निक्षेप संकलन ७ अर्ब ७८ करोड रुपैयाँबाट बढेर ७ अर्ब ८० करोड रुपैयाँ पुगेको छ । यस्तै कर्जा प्रवाह पनि २४ अर्ब ५० करोडबाट बढेर २८ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । कम्पनीको रिजर्भ कोषमा ३ अर्ब ४२ करोड रुपैयाँको सञ्चित छ ।    

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)३.९७ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १९०.८४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११५.८४ रुपैयाँ, मूल्य आम्दानी अनुपात ६७.४४ गुणा,तरलता अनुपात ११०.१० प्रतिशत र इक्युटिमा प्रतिफल ३.३८ प्रतिशत कायम भएको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X