मंगलवार, माघ १३,२०८२ 02:46:25
Bizshala
  • मंगलवार, माघ १३,२०८२ 02:46:25
Bizshala
Global IME Bank Limited
Bizshala

वाणिज्य बैंकहरुको नाफा ४२ अर्ब माथि, नबिलको मात्रै ११.१६%

वाणिज्य बैंकहरुको नाफा ४२ अर्ब माथि, नबिलको मात्रै ११.१६%
Shivam Cement

काठमाण्डौ । वाणिज्य बैंकहरुमध्ये नबिल बैंक सर्वाधिक नाफा कमाउने बैंक बनेको छ । नेपाल बैंकर्स संघका अनुसार नबिल बैंकले चालु आर्थिक वर्षको ८ महिनासम्ममा ४ अर्ब ७२ करोड ४ लाख रुपैयाँ नाफा आर्जन गरी सर्र्वाधिक नाफामुखी बैंक बन्न सफल भएको छ ।  

चालु आवको फागुन मसान्तसम्म २० वाणिज्य बैंकहरुले कुल ४२ अर्ब ३० करोड रुपैयाँ नाफा कमाएका छन् । कुल नाफाको ११.१६ प्रतिशत नाफा नबिल बैंक एक्लैले आर्जन गरेको छ ।  

त्यस्तै, दोस्रोमा ग्लोबल आइएमई बैंकले पनि वित्तीय सूचकमा सुधार गर्दै फागुन मसान्तसम्ममा ३ अर्ब ४३ करोड रुपैयाँ नाफा कमाएर दोस्रो स्थान कायम गर्न सफल भएको छ ।

नाफा कमाउन ग्लोबल आइएमई बैंकलाई पच्छ्याउँदै प्राइम कमर्सियल बैंकले पनि २ अर्ब ८८ करोड रुपैयाँ नाफा आर्जन गरि तेस्रो स्थान कायम गर्न सफल भएको छ ।

चौथोमा भने राष्ट्रिय वाणिज्य बैंक रहेको छ । बैंकले २ अर्ब ८८ करोड रुपैयाँ नाफा कमाएर चौथो स्थान कायम गरेको हो । माघ महिनासम्ममा राष्ट्रिय बाणिज्य बैंक सर्वाधिक नाफा कमाउने बैंकको दोस्रो सूचीमा थियो ।  

एक महिनाको अन्तरालमा नै आरबीबीलाई ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकले नाफा कमाउन टपेको छ ।  

Bizshala
Garima Development Bank
New Office

त्यस्तै, पाँचौ स्थानमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेको छ । बैंकले सो अवधिसम्म २ अर्ब ८० करोड रुपैयाँ नाफा आर्जन गरेर पाँचौ स्थान कायम गरेको हो ।  

यसका साथै एनआइसी एशिया बैंकले पनि २ अर्ब ५४ करोड रुपैयाँ नाफा कमाएर छैटौं स्थान कायम गरेको छ भने एभरेष्ट बैंकले २ अर्ब २९ करोड रुपैयाँ नाफा आर्जन गरी सातौं स्थान ओगटेको छ ।  

त्यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकले सो अवधिसम्म २ अर्ब ८ करोड रुपैयाँ नाफा आर्जन गरेर आठौं स्थान कायम गर्न सफल भएको छ । फागुन मसान्तसम्म ८ वटा वाणिज्य बैंकले मात्रै २ अर्ब भन्दा बढी नाफा कमाएका छन् ।  

१२ बैंकको नाफा दुई अर्ब तल  

कृषि विकास बैंकसहित १२ वटा वाणिज्य बैंकले दुई अर्ब भन्दा थोरै नाफा कमाएका छन् । नेपाल बैंकर्स संघका अनुसार सबैभन्दा थोरै नेपाल एसबीआई बैंकले १ अर्ब ८ करोड रुपैयाँ मात्रै नाफा कमाएको छ ।  

दुई अर्ब भन्दा थोरै नाफा कमाउनेमा कृषि विकास बैंकले १ अर्ब ९७ करोड रुपैयाँ, हिमालयन बैंकले १ अर्ब ९४ करोड, एनएमबी बैंकले १ अर्ब ९२ करोड, लक्ष्मी सनराईज बैंकले १ अर्ब ८२ करोड, सिद्धार्थ बैंकले १ अर्ब ६९ करोड, सानिमा बैंकले १ अर्ब ६६ करोड र प्रभु बैंकले १ अर्ब ४२ करोड रुपैयाँ नाफा आर्जन गरेका छन् ।

त्यस्तै, कुमारी बैंकले १ अर्ब ४२ करोड, नेपाल बैंकले १ अर्ब २८ करोड, सिटिजन्स बैंकले १ अर्ब २२ करोड, माछापुच्छ्रे बैंकले १ अर्ब १६ करोड रुपैयाँ र नेपाल एसबीआई बैंकले १ अर्ब ८ करोड रुपैयाँ नाफा कमाएको छ ।  

माघ महिनामा भने २० वटा वाणिज्य बैंकले ३५ अर्ब ४९ करोड रुपैयाँ नाफा कमाएका थिए । माघ महिनासम्मको तुलनामा  बैंकहरुले फागुन मसान्तसम्ममा १९.१८ प्रतिशतले नाफा बढाएका छन् । 

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.