सोमबार, बैशाख ७,२०८३ 06:48:49
Bizshala
  • सोमबार, बैशाख ७,२०८३ 06:48:49
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

महालक्ष्मी विकास बैंकद्वारा यूनियनपे इन्टरनेशनलसँगको सहकार्यमा अन्तरदेशीय क्यूआर भुक्तानी सेवा सुरु

Bizshala
महालक्ष्मी विकास बैंकद्वारा यूनियनपे इन्टरनेशनलसँगको सहकार्यमा अन्तरदेशीय क्यूआर भुक्तानी सेवा सुरु
Shivam Cement

काठमाण्डौ । महालक्ष्मी विकास बैंकले यूनियनपे इन्टरनेशनलसँगको सहकार्यमा नेपालमा अन्तरदेशीय क्यूआर भुक्तानी सेवा औपचारिक रूपमा सुरु गरेको छ। बैंकले आफ्नो फोनपे क्यूआर मर्चेन्ट नेटवर्कमार्फत यूनियनपे वालेट प्रयोगकर्ताहरूलाई नेपालभर क्यूआर कोड स्क्यान गरी सहज रूपमा भुक्तानी गर्ने सुविधा उपलब्ध गराएको हो।

यस सेवा यूनियनपे इन्टरनेशनलसँगको सहकार्यमा फोनपे मार्फत लागू गरिएको हो। नयाँ व्यवस्थासँगै यूनियनपे डिजिटल वालेट प्रयोगकर्ताहरूले नेपालका महालक्ष्मी विकास बैंकका क्यूआर मर्चेन्टहरूमा बिना नगद सरल र सुरक्षित रूपमा भुक्तानी गर्न सक्नेछन्।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यो सेवा विशेषगरी चीन लगायत विभिन्न देशबाट नेपाल भ्रमणमा आउने पर्यटकहरूका लागि उपयोगी हुने अपेक्षा गरिएको छ। यसले यात्राको क्रममा नगद बोक्ने आवश्यकतालाई घटाउँदै डिजिटल भुक्तानीलाई सहज, सुरक्षित र प्रभावकारी बनाउने बैंकले जनाएको छ।

सन् २००२ मा स्थापना भएको यूनियनपे विश्वका प्रमुख भुक्तानी सेवा प्रदायकमध्ये एक हो। यसको ९.६ अर्बभन्दा बढी कार्ड जारी भइसकेका छन् भने १८० भन्दा बढी देश तथा क्षेत्रमा यसको सेवा स्वीकार्य छ।

बैंकले यस सेवाको सुरुवातसँगै नेपालमा विद्यमान क्यूआर भुक्तानी पूर्वाधार अझ सुदृढ हुने विश्वास व्यक्त गरेको छ। साथै, डिजिटल नवप्रवर्तनलाई सुरक्षित, प्रभावकारी तथा समावेशी बनाउने आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छ।

CG Motors
Garima Development Bank
IME remit

त्यसैगरी, बैंकले सन् २०८३ लाई डिजिटल प्रवर्द्धन वर्षका रूपमा मनाउने योजनाअन्तर्गत ‘महालक्ष्मी स्मार्ट साथी’ मोबाइल बैंकिङ प्रयोगकर्ताहरूका लागि विशेष योजना पनि सार्वजनिक गरेको छ। योजना अनुसार बैशाख महिनाको पहिलो हप्तामा कम्तीमा एक सफल कारोबार गर्ने प्रयोगकर्तामध्ये लक्की ड्रमार्फत ३ जनाले आकर्षक भ्रमण प्याकेज प्राप्त गर्नेछन्।

‘सबल बैंक, सफल सहकार्य’ भन्ने नारासहित सेवा विस्तार गर्दै आएको महालक्ष्मी विकास बैंकका देशभर १०३ शाखा कार्यालयहरू रहेका छन् भने करिब ८ लाख ५० हजारभन्दा बढी ग्राहकहरू बैंकसँग आबद्ध छन्।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.