महालक्ष्मी विकास बैंकको सुधारिएको वित्तीय विवरण, नाफा र ईपीएस दुवै बढ्यो
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले सुधारिएको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले आज सार्वजनिक गरेको गत आवको चौथो त्रैमासिक प्रतिवेदनअनुसार बैंकले आफ्नो नाफा ४८.४६ प्रतिशतले बढाएको छ ।अघिल्लो आवमा ४२ करोड ४३ अलाख रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकले समीक्षा अवधिसम्म भने ६२ करोड ९९ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । खुद ब्याज आम्दानी बढ्नु र इ...

