काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकलाई विभिन्न स्वास्थ्य, होटल तथा रेष्टुरेन्टलगायतका संस्थाका सेवामा विशेष छुट उपलब्ध गराउने भएको छ।
बैंकले ग्राहकलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले विभिन्न संस्थासँग सहकार्य तथा सम्झौता गरेको जनाएको छ। सम्झौताअनुसार बैंकका ग्राहकले सम्बन्धित संस्थाबाट सेवा लिँदा अधिकतम २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।
बैंकका अनुसार कुरिनटार, चितवनस्थित मनकामना हिलक्रेष्ट होटलमा आवास तथा रेष्टुरेन्ट सेवामा १२.५ प्रतिशतसम्म छुट उपलब्ध हुनेछ। त्यस्तै, ठमेलस्थित एलोफ्ट काठमाण्डौमा खाना तथा पेय पदार्थमा १५ प्रतिशतसम्म तथा लाजिम्पाटस्थित एल्लो हात्तीमा उपहार सामग्री खरिदमा १० प्रतिशतसम्म छुट पाइनेछ।
यसैगरी, बुद्धनगरस्थित अल्फा केयर डायगोनोस्टिक सेन्टरमा स्वास्थ्य परीक्षण तथा प्रयोगशाला सेवामा २० प्रतिशतसम्म र कलंकीस्थित दृष्टि आई केयरमा नाक, कान, घाँटी, आँखा उपचार तथा प्रयोगशाला सेवामा २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ।
दरबारमार्गस्थित ओरियन्ट क्याफेमा खाना तथा पेय पदार्थमा १५ प्रतिशतसम्म तथा हेटौंडा, मकवानपुरस्थित होटल स्मारकमा आवास, खाना तथा पेय पदार्थमा १५ प्रतिशतसम्म छुट उपलब्ध हुने बैंकले जनाएको छ।
बैंकले स्वास्थ्य, आतिथ्य तथा सेवा क्षेत्रका विभिन्न संस्थासँगको सहकार्यबाट ग्राहकलाई दैनिक जीवनमा प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गरेको छ। बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोग गर्ने ग्राहकले सम्झौतामा समेटिएका संस्थाबाट सेवा लिँदा उक्त सुविधा उपयोग गर्न सक्नेछन्।
गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले ग्राहक अनुभवलाई थप सहज र आधुनिक बनाउने उद्देश्यले हालै काठमजाण्डौको ज्ञानेश्वरमा कफी लाउञ्जसहितको डिजिटल हब समेत सञ्चालनमा ल्याएको छ। बैंकले डिजिटल बैंकिङ तथा ग्राहककेन्द्रित सेवाको विस्तारलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।