सोमबार, कार्तिक २,२०८३ 04:29:41
  • सोमबार, कार्तिक २,२०८३ 04:29:41
Global IME Bank Limited

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

Bizshala
महालक्ष्मी विकास बैंकद्वारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न
New Office

काठमाण्डौ । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न्न कार्यक्रमहरु सम्पन्न गरेको छ । बैंकले लुम्बिनी वल्र्ड पिस फोरमसँगको सहकार्यमा ‘दश लाख वृक्षारोपण तथा संरक्षा अभियान’ अन्र्तगत पृथ्वी दिवसको अवसर पारेर खप्तड छेडेदह गाउँपालिका वडा न. ०१, काँडामा २ हजार वटा कागतीको विरुवा वृक्षारोपण गर्न आर्थिक सहयोग गरेको छ ।

हरियाली क्षेत्र विस्तार गर्न, स्थानीय खाद्य सुरक्षा सुदृण गर्न, दिगो स्रोत उपयोग गर्न तथा रोजगारी सिर्जना मार्फत दुर्गम र जलवायु जोखिमयुक्त क्षेत्रमा जीवीकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यका साथ कार्य गरिएको बैंकले जनाएको छ ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

त्यसैगरी, क्यान्सर रोगको प्रारम्भिक पहिचान, रोकथाम तथा उपचारबारे जनचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न गर्न तथा सोही कार्यक्रमबाट संकलित रकम कान्ति बाल अस्पतालमा रहेका क्यान्सर वार्डमा हस्तान्तरण गर्न आयोजना गरिएको कार्यक्रमलाई बैंकले आर्थिक सहयोग गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नै ग्लोबल मनी विक २०२६ को अवसर पारेर बैंकले युद्ध संस्कृत माध्यमिक विद्यालय, नेपालगंज बाँकेमा अध्ययनरत विद्यार्थीहरुलाई पठनपाठनमा सहयोग गर्नेे उद्धेश्यका साथ शैक्षिक सामाग्रीहरु वितरण गरेको छ ।

त्यसैगरी युवाहरु माझ जिम्मेवार वित्तीय सचेतना र व्यवहारिक आर्थिक ज्ञान प्रबद्र्धन गर्न, वित्तीय साक्षरता विस्तार गर्न, शैक्षिक तथा ज्ञानमा आधारित सामाजिक विकासमा टेवा पु¥याउने उद्धेश्यका साथ सातौं नेपाल इकोनोमिक ओलम्पीयाडलाई आर्थिक सहयोग गरेको छ ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

हालै मात्र बैंकलेगत चैत २ देखी मिति चैत ८ गतेसम्म साताव्यापी रुपमा मनाइएको ग्लोबल मनी विक २०२६ को अवसरमा वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी बैंकका देशै भरी रहेका विभिन्न शाखाहरु तथा प्रादेशिक कार्यालयहरु मार्फत वित्तीय साक्षरता, र्याली तथा सचेतनाका कार्यक्रमहरु सम्पन्न गरेको छ । 

बैंकले गर्दै आएका यस्ता संस्थागत सामाजिक उत्तरदायित्व कार्यहरुबाट समग्र आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ८ लाख ५० हजार भन्दा बढी ग्राहकहरु रहेका छन् ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.