काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाशिङ्टन डीसीस्थित हिल्टन होटलमा आयोजित पत्रकारसँगको डिनरका क्रममा शनिबार गोली चलेको विषयमा प्रक्रिया दिदै आफू नडराएको बताएका छन् ।
सुरक्षा कारणले राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भान्सलाई तत्काल स्थानबाट सुरक्षित रूपमा बाहिर निकालिएको थियो।
घटनापछि सीबीएस न्यूजलाई दिएको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले आफू उक्त घटनाबाट नडराएको बताएका हुन्। उनले भने, ‘म आत्तिएको थिइनँ। म जीवनलाई बुझ्छु। हामी एक अस्थिर संसारमा बाँचिरहेका छौं।’
ट्रम्पले उपराष्ट्रपति भान्सलाई पहिले बाहिर निकालिएको विषयमा उठाइएको प्रश्नको जवाफ दिँदै आफू आफ्नै इच्छाले केही समय त्यहीँ रोकिएको बताए। ‘म त्यहाँ के भइरहेको छ भनेर बुझ्न चाहन्थें,’उनले भने ।
घटनापछि सुरक्षा निकायहरूले क्षेत्र नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको बताइएको छ।

