शनिबार, श्रावण २,२०८३ 11:21:45
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 11:21:45
Bizshala
Global IME Bank Limited

बोटलर्स नेपाल तराईद्वारा पाँच वर्ष पुरानो नगद लाभांश बुझिलिन आग्रह

बोटलर्स नेपाल तराईद्वारा पाँच वर्ष पुरानो नगद लाभांश बुझिलिन आग्रह
New Office

काठमाण्डौ । बोटलर्स नेपाल (तराई) लिमिटेडले नगद लाभांश नलिएका आफ्ना सेयरधनीलाई एक महिनाभित्र रकम बुझिलिन आग्रह गरेको छ। कम्पनीको आर्थिक वर्ष २०७५÷७६ सम्बन्धी ३३औँ वार्षिक साधारण सभाबाट पारित लाभांशमध्ये केही सेयरधनी तथा हकवालाहरूले हालसम्म पनि भुक्तानी नलिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार पाँच वर्षभन्दा बढी समय बितिसक्दा पनि उक्त लाभांश रकम अभिलेखमा भुक्तानी हुन बाँकी रहेको देखिएको छ। यस सम्बन्धमा कम्पनीले सेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको नारायणचौर नक्साल, काठमाण्डौस्थित कार्यालयमा सम्पर्क गरी आवश्यक परिचयपत्रसहित लाभांश बुझिलिन आग्रह गरेको छ।

कम्पनीले सूचना प्रकाशित भएको मितिले एक महिनाभित्र सम्बन्धित सेयरधनी वा हकवालाले सम्पर्क नगरे बाँकी रहेको लाभांश रकम कम्पनी ऐन २०६३ बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने जानकारी दिएको छ।

कम्पनीले सबै सम्बन्धित सेयरधनीलाई समयमै सम्पर्क गरी आफ्नो हकको लाभांश सुरक्षित गर्न आग्रह समेत गरेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.