काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ५ वर्षभन्दा बढी व्यतित भएका बीमालेखहरुमा २५ देखि शतप्रतिशतसम्म ब्याज छुट दिने भएको छ । कम्पनीले आफ्नो रजत जयन्तीको अवसरमा १८० दिनभन्दा माथि व्यतित भएका बीमालेखहरुमा वैशाख ७ गतेदेखि जेठ ५ गतेसम्म नविकरण बीमाशुल्क भुक्तानी गरी सुचारु गरेमा बीमालेख नविकरण गर्दा लाग्ने बिलम्ब शुल्कमा छुट प्रदानको व्यवस्था गरेको थियो ।
तर हाल प्रदान भई रहेको योजनामा समावेश हुन नसकेका बीमितहरूको अनुरोधलाई मध्यनजर गरि कम्पनीले वैशाख १७ गतेदेखि सो छुट योजनामा आवश्यक संशोधन गरि बाँकी छुट अवधि जेठ ५ गतेसम्म लागु हुने गरि ५ बर्ष भन्दा माथि व्यतित भएका बीमालेखहरूमा बिलम्ब शुल्कमा थप छुटको व्यवस्था गरिएको जनाएको छ ।
जसअन्तर्गत नौलो सुरक्षित जीवन बीमा, जीवन ज्योति बीमा योजना, ग्रामीण सावधिक जीवन बीमा योजना, सावधिक लघु जीवन बीमा, सुनौलो भविष्य सावधिक बीमा योजना, सुनौलो भविष्य अग्रिम भुक्तानी बीमा योजना, नौलो धनवर्षा जीवन बीमा योजना, नौलो जीवन समृद्धि जीवन बीमा योजना, जीवन उन्नति जीवन बीमा योजना, नेपाल लाइफ केटा(केटी सुनौलो भविष्य जीवन बीमा योजना, जीवन सहारा बीमा योजना, जीवन सारथी बीमा योजना, सदाबहार जीवन बीमा योजना, अनमोल जीवन बीमा योजना, सम्मुनत जीवन बीमा योजना र इन्स्योर जीवन बीमा योजना नविकरण गदौ बिलम्ब शुल्कमा शतप्रतिशत छुटको व्यवस्था गरिएको छ ।
यस्तै सुरक्षित जीवन बीमा योजना, सुखमय जीवन बीमा योजना, धनवर्षा जीवन बीमा योजना, जीवन सम्बृद्धि १५ वर्षे जीवन बीमा योजना, जीवन सम्बृद्धि २० वर्षे जीवन बीमा योजना, केटाकेटी सावधिक जीवन बीमा योजना, छोरा–छोरी अग्रिम सावधिक जीवन बीमा योजना, नेपाल लाइफ सुनिश्चित भविष्य तथा शिक्षा जीवन बीमा योजना, नौलो केटा(केटी जीवन बीमा योजना र जीवन लक्ष्मी बीमा योजनामा ५० प्रतिशत छुट दिइने कम्पनीले जनाएको छ ।
अन्य बीमा योजनामा भने २५ प्रतिशत छुट पाइने कम्पनीले उल्लेख गरेको छ ।
एकपटक बिलम्ब शुल्कमा छुट लिई सकेका बीमितहरुलाई पूरा बीमा अवधिभर पुनः छुट नदिइने कम्पनीले स्पष्ट पारेको छ ।

