सोमबार, कार्तिक २,२०८३ 12:32:33
  • सोमबार, कार्तिक २,२०८३ 12:32:33
Global IME Bank Limited

ट्राफिक नियम उल्लङ्घन बढ्दै, एक दिनमै २२ लाख ७४ हजार उठ्यो

Bizshala
ट्राफिक नियम उल्लङ्घन बढ्दै, एक दिनमै २२ लाख ७४ हजार उठ्यो
New Office

काठमाण्डां । एकै दिनमा ट्राफिक कारबाहीबाट २२ लाखभन्दा बढी राजस्व संकलन गरेको छ ।  

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार ट्राफिक नियम उल्लङ्घनमा गरिएको कारबाहीबाट एकै दिनमा कुल २२ लाख ७४ हजार रुपैयाँ राजस्व संकलन गरेको हो ।  

ट्राफिक प्रहरीले उपत्यकाभर विभिन्न स्थानमा गरिएको नियमित तथा आकस्मिक चेकिङका क्रममा नियम नमान्ने सवारीसाधनमाथि कारबाही गरेको थियो । 

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

कारबाहीका क्रममा सिट बेल्ट नलगाउने, हेल्मेट नलगाउने, कागजात नबोक्ने, लेन अनुशासन उल्लङ्घन गर्ने तथा ट्राफिक सिग्नल अवज्ञा गर्ने सवारीसाधनहरू बढी भेटिएको प्रहरीले जनाएको छ।

ट्राफिक प्रहरीले सडक सुरक्षाका लागि गरिएको कडाइलाई केवल राजस्व संकलनको दृष्टिले मात्र नभई दुर्घटना न्यूनीकरण र अनुशासन कायम गर्ने प्रयासका रूपमा व्याख्या गरेको जनाएको छ ।  

तर, दैनिक रूपमा यति ठूलो मात्रामा जरिवाना उठ्नुले सडकमा नियम उल्लङ्घन सामान्य बन्दै गएको संकेतका रुपमा ट्राफिक प्रहरीले लिएको छ । 

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

विशेषगरी व्यस्त सडक र भीडभाडयुक्त चोकहरूमा ट्राफिक नियम पालना कमजोर देखिनुलाई दुर्घटनाको जोखिम बढाउने प्रमुख कारणका रूपमा ट्राफिक प्रहरीले औंल्याइएको छ।

ट्राफिक प्रहरीले आगामी दिनमा निगरानी अझ कडा बनाइने र डिजिटल प्रणालीमार्फत कारबाहीलाई प्रभावकारी बनाउने तयारी भइरहेको जनाएको छ।

यस घटनाले एकातर्फ राज्यलाई राजस्व प्राप्त भएको देखिए पनि अर्कोतर्फ सडक अनुशासन सुधार गर्न अझै ठूलो चुनौती रहेको स्पष्ट पारेको छ।

 

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.