आन्तरिक राजस्व संकलन रु.६.१९ खर्ब, आयकर र भ्याटमा वृद्धि
काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा आन्तरिक स्रोतबाट सरकारले कुल ६ खर्ब १९ अर्ब ८६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।आन्तरिक राजस्व विभागका अनुसार संकलित राजस्वमध्ये सबैभन्दा ठूलो हिस्सा आयकरको रहेको छ। गत आवमा २ खर्ब ७८ अर्ब १६ करोड रुपैयाँ आयकर उठेको छ, जुन अघिल्लो आवको तुलनामा ७.२२ प्रतिशतले बढी हो। आर्थिक वर्ष २०८१/८२ मा आयकरबाट २ खर्ब ५९ अर्ब ४३ करोड रुपैयाँ संकलन भएको...

