बुधबार, श्रावण ६,२०८३ 10:39:33
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 10:39:33
Bizshala
Global IME Bank Limited

बीमा सर्भेयर सम्बन्धी निर्देशिका जारी, के– के छन् आचारसंहिता ?

बीमा सर्भेयर सम्बन्धी निर्देशिका जारी, के– के छन् आचारसंहिता ?
New Office

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले बीमा सर्भेयर सम्बन्धी निर्देशिका, २०८३ जारी गरेको छ ।  

बीमा सर्भेयरको कार्यलाई व्यवस्थित, प्रतिस्पर्धी तथा विश्वसनीय बनाई निजहरुको व्यवसायिक निष्ठा, पारदर्शिता र जवाफदेहिता सुनिश्चित गरी बीमितको वास्तविक क्षतिको न्यायोचित मूल्याङ्कन गर्ने व्यवस्था गर्न वाञ्छनीय भएकाले यो निर्देशिका जारी गरिएको हो ।  

यदि ऐन, नियमावली, निर्देशन र प्रचलित काूननबमोजिम पेश गर्नुपर्ने विवरण कागजात पेश नगरेमा प्राधिकरणले बीमा सर्भेयरको इजाजतपत्र दिनमा रोक लगाउनेछ ।  

साथै निवेदकले कर चुक्ता प्रमाणपत्र पेश नगरेमा, कालो सूचमा परेको भएमा, संचालक एवं मुख्य व्यवस्थापक सर्भेयरको कार्य गर्न प्रचलित कानून बमोजिम सक्षम नदेखिएमा, प्राधिकरणले ऐन तथा नियमावली बमोजिम कारबाही गरेको व्यक्ति त्यसरी कारबाही गर्ने निर्णय भएको मितिले ३ वर्षको अवधि पूरा नभएमा लाइसेन्स नदिने प्राधिकरणले जनाएको छ ।  

निर्देशिका अनुसार बीमा सर्भेयरले ऐनको दफा ९३ बमोजिमको दायित्व पालना नगरेको कारणले सो हैसियतमा रही कार्य गर्न अयोग्य देखिएमा वा बीमितलाई हानी नोक्सानी भएको प्रमाणित भएमा निजको इजाजतपत्र नवीकरण गरिने छैन ।  

बीमा सर्भेयरको वर्गीकरणः 

(१) नियमावलीको नियम ४९ बमोजिम प्राधिकरणले व्यत्तिगत बीमा सर्भेयरलाई “क” र “ख” वर्गमा वर्गीकरण गर्दा निजको प्राविधिक विशेषज्ञता र कार्य अनुभवका आधारमा देहाय बमोजिमको संख्या र रकममा सर्भे गरेको पर्नेछ:- हुनु 
(क) “क” वर्ग: न्यूनतम् पश्चीस करोड रुपैयाँ बराबरको क्षति मूल्याङ्कन र तीन सय वटा सर्भे 
प्रतिवेदन बुझाएको । 
(ख) “ख” वर्ग: न्यूनतम् दश करोड रुपैयाँ बराबरको क्षति मूल्याङ्कन र एक सय वटा सर्भे प्रतिवेदन बुझाएको । 
(२) ऐन प्रारम्भ हुनु अगावै 'घ' वर्गको इजाजतपत्र प्राप्त व्यक्तिगत बीमा सर्भेयरले यो निर्देशन लागु भएको मितिले तीन महिना भित्र प्राधिकरण समक्ष निवेदन दिई 'ग' वर्गको इजाजतपत्र कायम गर्नुपर्नेछ । 
(३) ऐन प्रारम्भ हुनु अगावै इजाजतपत्र लिएका सर्भेयरको हकमा बीमा नियमावली, २०४९ मा उल्लेख गरिएको अवधि पूरा भएका बीमा सर्भेयरलाई एक तह माथिल्लो वर्गमा स्तर उन्नति गरिनेछ ।

क. सर्भेयरले पालना गर्नुपर्ने कुराहरु:- 

१. इजाजतपत्र र कानुनी परिपालना 
अ. आधिकारिकताः प्राधिकरणबाट प्राप्त इजाजतपत्र सधैं साथमा राख्नुपर्ने र सम्बन्धित पक्षले मागेमा 
वा कार्यस्थलमा प्रवेश गर्दा देखाउनु पर्नेछ । संगठित संस्थाको हकमा सर्भे कार्य गर्ने प्रत्येक व्यक्तिको छुट्टाछुट्टै इजाजतपत्र हुनु अनिवार्य हुनेछ । 
आ. कानुनी सीमाः बीमा ऐन, नियमावली, प्राधिकरणका निर्देशन र आदेशहरूको पूर्ण पालना गर्दै तोकिएको कार्यसीमा भित्र रही कार्य सम्पादन गर्नुपर्नेछ । 
२. पेशागत दक्षता र प्रविधि 
अ. विज्ञता र सीपः आफ्नो पेशागत कार्यका लागि आवश्यक सूचना प्रविधि, आधुनिक उपकरण र मूल्याङ्कनका प्राविधिक सीपहरूको पूर्ण ज्ञान हासिल गरी सोको उचित प्रयोग गर्नुपर्नेछ । 
आ. निरन्तर सिकाइः बीमा बजारमा विकसित नवीनतम् प्राविधिक मापदण्डहरू र अन्तर्राष्ट्रिय मूल्याङ्कन पद्धति बारे आफूलाई सधैं अद्यावधिक राख्नुपर्नेछ । 
३. निष्पक्षता र व्यावसायिक नैतिकता 
अ. सत्य-तथ्य मूल्याङ्कनः व्यक्तिगत आग्रह वा पूर्वाग्रहबाट मुक्त रही घटना र वस्तुस्थितिको यथार्थ विवरणका आधारमा वस्तुनिष्ठ र निष्पक्ष मूल्याङ्कन प्रतिवेदन तयार गर्नुपर्नेछ । 
आ. स्वार्थको खुलासाः मूल्याङ्कन कार्य सुरु गर्नुअघि बीमक वा बीमितसँग आफ्नो कुनै स्वार्थ बाझिएको छैन भनी घोषणा गर्नुपर्नेछ । 
इ. इमानदारिताः आफ्नो पेशागत मर्यादा र नैतिकता कायम राख्दै कुनै पनि पक्षको दबाब वा प्रलोभनमा नपरी कार्य गर्नुपर्नेछ । 
४. सञ्चार र समन्वय 
अ. सूचना प्रवाहः सर्भेयरको रूपमा नियुक्त भएको जानकारी र सर्भेको सिलसिलामा कुनै विवाद उत्पन्न भएमा तत्काल सम्बन्धित सबै पक्षलाई जानकारी गराउनुपर्नेछ । 
आ. विशेषज्ञको रायः जटिल प्रकृतिको क्षति मूल्याङ्कनका लागि बीमकको सहमतिमा सम्बन्धित विधाका स्वतन्त्र विशेषज्ञको राय लिन सकिनेछ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.