शुक्रबार, असार १२,२०८३ 05:06:09
Bizshala
  • शुक्रबार, असार १२,२०८३ 05:06:09
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सर्वोत्तम पेन्ट्स ईष्डष्ट्रिजको आईपीओ निष्कासन आजदेखि

Laxmi Sunrise Bank Limited
सर्वोत्तम पेन्ट्स ईष्डष्ट्रिजको आईपीओ निष्कासन आजदेखि

काठमाण्डौ । सर्वोत्तम पेन्ट्स ईष्डष्ट्रिज लिमिटेडले पहिलो चरण अन्तर्गतको आईपीओ आजदेखि निष्कासन गरेको छ । कम्पनीले श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि पहिलो चरणअन्तर्गतको आईपीओ निष्कासन गरेको हो ।  

कम्पनीले आफ्नो जारीपूँजी ३४ करोडको २५ प्रतिशत अर्थात ८ करोड ५० लाख रकमबराबरको प्रतिसेयर रु.१०० अंकित दरका ८ लाख ५० हजार कित्ता साधारण सेयरको १० प्रतिशतले हुने ८५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरेको छ।  

New Office
CG Motors
Garima Development Bank

कम्पनीको यो आईपीओमा छिटोमा वैशाख २४ गतेसम्म र ढिलोमा जेठ ४ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ५ हजार कित्तासम्मका लागि खरिद आवेदन दिन सक्नेछन् ।  

यस्तो आवेदन धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा सिडिएस एण्ड क्लियरिङद्वारा सञ्चालित ‘मेरो सेयर’अनलाइन प्रयोग गरी सि–आस्वा प्रणालीमार्फत आवेदन दिन सकिनेछ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । पहिलो चरणको आईपीओ जारी गरिसकेपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्नेछ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.