बुधबार, श्रावण १३,२०८३ 08:50:59
Bizshala
  • बुधबार, श्रावण १३,२०८३ 08:50:59
Bizshala
Global IME Bank Limited

खाडीमा युद्धको छायाँ: ड्रोन-मिसाइल तनावले तेल बजार हल्लायो, क्षणभरमै मूल्य ५% ले उकालो

खाडीमा युद्धको छायाँ: ड्रोन-मिसाइल तनावले तेल बजार हल्लायो, क्षणभरमै मूल्य ५% ले उकालो
New Office

काठमाण्डौ । मध्यपूर्वमा इरान–यूएई तनाव तीव्र बन्दै जाँदा विश्व ऊर्जा बजारमा तत्काल प्रभाव देखिएको छ। पछिल्लो २४ घण्टामा इरानले यूएई र खाडी क्षेत्रका जलयानमाथि आक्रमण तीव्र बनाएपछि सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य करिब ५ प्रतिशतले उकालो लागेको छ।

ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल ५.३ प्रतिशत बढेर ११३.९२ डलर पुगेको छ भने अमेरिकन वेस्ट टेक्सास इन्टरमिडियट (WTI) ३.५ प्रतिशत वृद्धि हुँदै १०५.४८ डलरमा कारोबार भएको छ। ऊर्जा विश्लेषकहरूले यसलाई “जोखिम प्रिमियम” बढेको संकेतका रूपमा व्याख्या गरेका छन्।

इरानको रिभोल्युसनरी गार्ड्स नेभीले सार्वजनिक गरेको नक्साअनुसार Strait of Hormuz आसपास आफ्नो प्रभाव क्षेत्र विस्तार गर्दै यूएईका फुजैरा, खोरफक्कान र उम्म अल क्वाइन तटीय क्षेत्रसम्म नियन्त्रण बढाएको दाबी गरिएको छ।

Strait of Hormuz विश्व ऊर्जा आपूर्तिको ‘चोकप्वाइन्ट’ मानिन्छ: जहाँबाट विश्वको करिब २० प्रतिशत तेल र एलएनजी आपूर्ति हुँदै आएको छ।

तनावका बीच खाडी क्षेत्रमा जहाजहरू अवरुद्ध हुन थालेपछि अमेरिकाले हस्तक्षेप सुरु गरेको छ। अमेरिकी राष्ट्रपति Donald Trump ले खाडीमा फसेका जहाजहरूलाई सुरक्षित मार्ग दिन सहयोग सुरु गर्ने बताएका छन्।

अमेरिकी सेनाले दुईवटा गाइडेड-मिसाइल डेस्ट्रोयर खाडी क्षेत्रमा पठाइसकेको र केही व्यापारी जहाजहरूलाई हर्मुज हुँदै सुरक्षित पार गराएको जनाएको छ।

यूएईले आफ्नो सरकारी तेल कम्पनी ADNOC सँग सम्बन्धित एउटा खाली तेल ट्यांकरमाथि ड्रोन आक्रमण भएको आरोप लगाएको छ। उक्त ट्यांकर हर्मुज हुँदै यात्रा गरिरहेको बेला लक्षित गरिएको थियो।

यस्तै, दुबईबाट करिब ३६ नटिकल माइल उत्तरतर्फ एक कार्गो जहाजमा पनि घटना भएको बेलायती समुद्री व्यापार निगरानी निकायले जनाएको छ। दक्षिण कोरियाली कम्पनी HMM द्वारा सञ्चालित जहाजमा आगलागी र विस्फोट भएको पुष्टि भएको छ।

तेल आपूर्तिमा खतरा, मूल्य अझै बढ्ने संकेत

UBS का ऊर्जा विश्लेषक जियोभानी स्टाउनेभोका अनुसार हर्मुजमार्गमा अवरोध जारी रहेसम्म तेल मूल्य अझै बढ्ने सम्भावना बलियो छ।

यसैबीच, हालै OPEC छाडेको यूएईले भने विश्व बजारको माग अनुसार उत्पादन कायम राख्ने प्रतिबद्धता जनाएको छ।

OPEC+ समूहले भने जुन महिनाका लागि दैनिक १ लाख ८८ हजार ब्यारेल उत्पादन वृद्धि गर्ने निर्णय गरेको छ-लगातार तेस्रो महिनासम्म उत्पादन बढाउने नीति अन्तर्गत।

खाडी क्षेत्रमा सैन्य गतिविधि बढेसँगै तेल बजार फेरि ‘जियोपोलिटिकल रिस्क’को प्रभावमा प्रवेश गरेको संकेत देखिएको छ।

स्थिति नियन्त्रण बाहिर गयो भने, यो केवल क्षेत्रीय द्वन्द्व मात्र नभई वैश्विक आर्थिक संकटको ट्रिगर बन्ने जोखिम समेत बढ्दै गएको विश्लेषकहरूको निष्कर्ष छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.