तेलको मूल्य फेरि १०० डलर माथि, अमेरिका–इरान वार्तामा विरोधाभासी दाबीले बजार अस्थिर
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य फेरि प्रति ब्यारेल १०० डलर माथि पुगेको छ। अमेरिका र इरानबीच सम्भावित वार्ताबारे आएको विरोधाभासी अभिव्यक्तिले ऊर्जा बजारमा पुनः अस्थिरता देखिएको हो।सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका ऊर्जा संरचनामाथि आक्रमण स्थगित गर्ने घोषणा गरेपछि तेलको मूल्य घटेको थियो। उनले आफ्नो सामाजिक सञ्जालमार्फत ...

