काठमाण्डौ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ । सेयर रजिष्ट्रार नियुक्ती सम्बन्धी सम्झौतामा गुराँस लघुवित्त र आरविवि मर्चेन्ट बैंकिङबीच वैशाख १६ गते सम्झौता सम्पन्न भएको हो ।
सम्झौताबमोजिम आरविवि मर्चेन्ट बैंकिङले वैशाख २त्६ गतेदेखि संस्थाको सेयर रजिष्ट्रारको रुपमा काम गर्नेछ ।
उक्त सम्झौताको अवधि एक वर्ष निर्धारढा गरिएको छ । सेयर रजिष्ट्रारमा नियुक्तभएसँगै अब संस्थाको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य लगायत सेयर रजिष्ट्रार अन्तर्गतका सम्पूर्ण कार्यहरु आरविवि मर्चेन्ट बैंकिङले गर्नेछ ।

