बिहीबार, असार ३२,२०८३ 10:02:58
Bizshala
  • बिहीबार, असार ३२,२०८३ 10:02:58
Bizshala
Global IME Bank Limited

कांग्रेसमा सहमतिको खोजी शुरु, सभापति थापा र डा.कोइराला संवादमा

कांग्रेसमा सहमतिको खोजी शुरु, सभापति थापा र डा.कोइराला संवादमा
New Office

काठमाण्डौं । नेपाली कांग्रेसभित्र देखिएका आन्तरिक शक्ति सन्तुलन र फरक राजनीतिक धारबीच समन्वय खोज्ने प्रयासस्वरूप सभापति गगन थापा र नेता डा.शेखर कोइरालाबीच छलफल भएको छ।

सर्वोच्च अदालतले वैशाख ४ गते पार्टीको आधिकारिकतासम्बन्धी विवाद टुंग्याएपछि दुवै नेताबीच भएको यो पहिलो औपचारिक भेटलाई पार्टीको आगामी दिशा निर्धारणसँग जोडेर हेरिएको छ।

मंगलबार थापा कोइरालाको विशालनगरस्थित सम्पर्क कार्यालय पुगेका थिए। करिब एक घण्टा चलेको छलफलमा पार्टीलाई संगठनात्मक रूपमा एकढिक्का बनाउने, नेतृत्वबीचको विश्वास पुनःस्थापना गर्ने र आन्तरिक असन्तुष्टि व्यवस्थापन गर्ने विषयमा फरक–फरक दृष्टिकोणसहित छलफल भएको बताइएको छ।

पुसमा सम्पन्न विशेष महाधिवेशनपछि कांग्रेसभित्र देखिएको स्पष्ट गुटगत विभाजनलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा नेताहरूबीच अझै मतभेद कायमै रहे पनि संवादलाई निरन्तरता दिनुपर्नेमा सहमति देखिएको स्रोतको दाबी छ। 

सभापति थापाले सबै धारलाई समेट्ने रणनीति आवश्यक रहेको पक्षमा जोड दिएको बताइन्छ भने कोइरालाले संस्थागत प्रक्रिया र आन्तरिक लोकतन्त्रलाई प्राथमिकता दिनुपर्ने धारणा राखेको बुझिएको छ।

यसैबीच, कोइरालासँगको छलफलपछि थापाले आजै निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग पनि भेट गर्ने तयारी गरेका छन्।  

खड्का पक्षले भने संस्थापन समूहलाई मजबुत बनाउँदै समन्वयको बाटो खोज्ने गरी आन्तरिक छलफल तीव्र बनाएको देखिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.