कांग्रेसको नयाँ कार्यसमितिका लागि आज मनोनयन दर्ता
काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता हुँदैछ।निर्वाचन समितिका अनुसार आजै अपराह्न ४ः३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन, ४ः३० देखि ५ः३० बजेसम्म दाबी–विरोध र बेलुका ७ बजे दोस्रो नामावली प्रकाशन हुनेछ। असोज २१ गते बिहान ९ बजेसम्म उम्मेदवारी फिर्ता...

