आईतवार, आश्विन १८,२०८३ 07:32:33
Bizshala
  • आईतवार, आश्विन १८,२०८३ 07:32:33
Bizshala
Global IME Bank Limited

गणेश नेपाली मृत्यु प्रकरणको निष्पक्ष छानबिन गर्न कांग्रेस नेता आङ्देम्बेको माग

Bizshala
गणेश नेपाली मृत्यु प्रकरणको निष्पक्ष छानबिन गर्न कांग्रेस नेता आङ्देम्बेको माग
New Office

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले राइड–सेयरिङ चालक गणेश नेपालीको मृत्यु प्रकरणको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।

शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै आङ्देम्बेले महानगर प्रहरीबाट भएको भनिएको दुर्व्यवहार र प्रताडनाका कारण नेपाली गम्भीर मानसिक तनावमा पुगेको परिवारको दाबीबारे विस्तृत अनुसन्धान आवश्यक रहेको बताए।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

‘घटनाबारे अनुसन्धान भइरहेको होला र सत्यतथ्य बाहिर आउला,’ उनले भने, ‘तर राज्य वा राज्यका निकायले आफूलाई शक्तिशाली देखाउने नाममा काम गरेर खाने मजदुर वर्गमाथि दुर्व्यवहार गर्नु राम्रो होइन।’

राज्यको दायित्व श्रम गरेर परिवार पाल्ने नागरिकको संरक्षण गर्नु भए पनि व्यवहारमा त्यसको विपरीत अवस्था देखिएको उनको भनाइ छ। नेपालीले परिवारसँग आफूले भोगेको दुर्व्यवहारबारे जानकारी गराएको विषयलाई समेत अनुसन्धानको दायरामा ल्याउनुपर्ने उनले बताए।

आङ्देम्बेले राइड–सेयरिङ चालकहरू स्वरोजगार मजदुर भएको उल्लेख गर्दै सडक किनारामा मोटरसाइकल रोकिएको जस्ता विषयलाई लिएर उनीहरूमाथि अपमानजनक व्यवहार गर्न नहुने बताए।

‘राइड–सेयरिङ दुई छाक खान र परिवार पाल्न मेहनत गर्ने मजदुरहरूले प्रयोग गर्ने प्लेटफर्म हो,’ उनले भने, ‘तिनै मजदुरमाथि राज्य पक्षबाट दुर्व्यवहार हुनु उचित होइन।’

उनले घटनाको गम्भीर र निष्पक्ष छानबिन गरी दोषी देखिएकालाई कानुनबमोजिम कारबाही गर्न तथा राइड–सेयरिङ चालकमाथि हुने दुर्व्यवहार रोक्न प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेका छन्।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.