सोमबार, कार्तिक ९,२०८३ 07:13:05
  • सोमबार, कार्तिक ९,२०८३ 07:13:05
Global IME Bank Limited

कांग्रेस महाधिवेशन : बन्दसत्रमा चार प्रतिवेदन पेश

Bizshala
कांग्रेस महाधिवेशन : बन्दसत्रमा चार प्रतिवेदन पेश
New Office

 

काठमाण्डौ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिनको बन्दसत्रमा चारवटा महत्वपूर्ण प्रतिवेदन पेश भएका छन्।

बन्दसत्रमा सभापति गगन थापाले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्। यसअघि उनले बन्दसत्रमा प्रतिवेदनका मुख्य विषयवस्तुबारे आफ्नो धारणा राखेका थिए।

त्यस्तै, उपसभापति विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रतिवेदन पेश गरेका छन्। महामन्त्री गुरुराज घिमिरेले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका छन्।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

कांग्रेसका प्रवक्ता देवराज चालिसेका अनुसार चारै प्रतिवेदनमाथि बन्दसत्रमा छलफल हुनेछ।

महाधिवेशनको बन्दसत्र तीनवटा हलमा सञ्चालन भइरहेको छ। कांग्रेसले ती हलको नाम हिमाल, पहाड र तराई राखेको छ।

चारवटै प्रतिवेदनमाथि छलफल गरी सोमबार नै पारित गर्ने तयारी कांग्रेसको छ।

प्रतिवेदन पारित भएपछि मंगलबार बिहान १० बजेदेखि महाधिवेशनका विभिन्न पदका लागि उम्मेदवारी दर्ता सुरु गर्ने कार्यतालिका तय गरिएको छ।

Garima Development Bank
Bizshala
IME remit
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.