सोमबार, आश्विन १९,२०८३ 11:56:55
Bizshala
  • सोमबार, आश्विन १९,२०८३ 11:56:55
Bizshala
Global IME Bank Limited

कांग्रेसको १५औँ महाधिवेशनः आजदेखि बन्दसत्र, असोज २२ मा मतदान

Bizshala
कांग्रेसको १५औँ महाधिवेशनः आजदेखि बन्दसत्र, असोज २२ मा मतदान
New Office

 

 काठमाण्डौ । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ। बन्दसत्रमा पेस हुने विभिन्न प्रतिवेदनमाथि छलफलका लागि बिहान केन्द्रीय कार्यसमितिको बैठक बस्नेछ।

कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार केन्द्रीय कार्यसमितिमा प्रतिवेदनबारे छलफल भएपछि बन्दसत्र औपचारिक रूपमा अघि बढाइनेछ। बन्दसत्रमा सभापति गगनकुमार थापाले राजनीतिक प्रतिवेदन, महामन्त्रीले विधान संशोधनसम्बन्धी प्रस्ताव र कोषाध्यक्षले आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ।

महाधिवेशनको बन्दसत्रमा सात हजारभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन्। प्रतिनिधिहरूलाई तीनवटा हलमा विभाजन गरी बन्दसत्र सञ्चालन गरिने कांग्रेसले जनाएको छ।

यसैबीच, केन्द्रीय निर्वाचन समितिले महाधिवेशनअन्तर्गत हुने निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार आज साँझ ५ बजे मतदाता नामावली प्रकाशनसँगै निर्वाचन प्रक्रिया सुरु हुनेछ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

निर्वाचन कार्यतालिकाअनुसार आज साँझ ५ देखि ६ः३० बजेसम्म मतदाता नामावलीमाथि दाबी–विरोध गर्न सकिनेछ भने राति ८ः३० बजे अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ।

भोलि असोज २० गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता हुनेछ। सोही दिन साँझ ४ः३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ। ४ः३० देखि ५ः३० बजेसम्म उम्मेदवारीमाथि दाबी–विरोधको समय तोकिएको छ भने साँझ ७ बजे उम्मेदवारको दोस्रो नामावली सार्वजनिक गरिनेछ।

असोज २१ गते बिहान ९ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिनेछ। त्यसपछि बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ। सो दिन महाधिवेशन प्रतिनिधिले उम्मेदवारका पक्षमा प्रचारप्रसार गर्न पाउनेछन्।

असोज २२ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ। मतदानका लागि राष्ट्रिय सभा गृह, खुलामञ्च र नेपाल प्रज्ञा–प्रतिष्ठान भवन तोकिएका छन्। मतदान सम्पन्न भएपछि मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.